नेपाली दूतावास लन्डन र एनआरएनए स्कटल्यान्डबीच स्वागत तथा अन्तर्क्रिया

SHARE:

घनश्याम भण्डारी

लन्डन । नेपाली दूतावास लन्डन र एनआरएनए स्कटल्यान्डबीच स्वागत तथा सेवामूलक कार्यक्रम सम्पन्‍न भएको छ ।

एनआरएनए स्कटल्यान्डका नवनिर्वाचित अध्यक्ष कासीराम भण्डारीको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्‍न भएको हो । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, कन्सुलर रोशन खनाल, दूतावासको टोली र एनआरएन स्कटल्यान्ड आबद्ध व्यक्तिहरुको सहभागिता थियो । ऐतिहासिक कार्यक्रमले स्कटल्यान्डलाई मात्र नभई सारा नेपाली डायस्पोरालाई समेटेर अन्तर्क्रियात्मक बनाएको सहभागीले बताए ।

अध्यक्ष कासीराम भण्डारी, श्रीमती मीरादेवी भण्डारी तथा एनआरएन स्कटल्यान्डकी महिला प्रातिनिधिहरुले नेपाली राजदूतावास बेलायतलाई समाजसेवी शेर केसी टीमको नौमती बाजाका साथ Cowdenbeath, Fife को लोकल सामुदायिक हलमा भव्यताका साथ स्वागत गर्दै लगिएको थियो । समारोहमा एनआरएन यूकेका एसीसी प्रमुख संरक्षक भोला खनालले स्वागत मन्तव्य दिएका थिए ।

राजदूत रेग्मीले एनआरएन स्कटल्यान्ड समितिलाई बधाई तथा कार्यकालको सुभकामना दिएका थिए । स्कटल्यान्डमा घुम्ती शिविरका मितिहरु समयमै उपलब्ध गराइने पनि उनले बताए । राजदूत रेग्मीले Edinbrogh को Botanical Garden, NRN र नेपाल सरकार, गोर्खाका समस्या, स्कटल्यान्डका नेपाली कक्षालाई नेपाल सरकारले वैधानिकता दिने जस्ता विषयमा प्रस्ट्याएका थिए ।

अध्यक्ष कासीराम भण्डारीले स्कटल्यान्डका परदेशी नेपाली तथा नेपालका लागि जाने पर्यटकका समस्याहरुलाई ध्यानाकर्षण गराउँदै राजदूत रेग्मीलाई ज्ञापन पत्र बुझाएका थिए । उपाध्यक्ष उज्जल कार्कीले ज्ञापन पत्र पढेर सुनाएका थिए । उनले नेपाली दूतावासले स्कटल्यान्डलाई दिन लागेको सेवाको प्रशंसा गरेका थिए ।

सहसचिव सुमी भण्डारीले एनआरएन स्कटल्यान्ड टिममा धेरै महिला भएको र आगामी दिनमा यसरी महिलाहरूलाई सामाजिक सेवामा प्रोत्साहन गरिने आश्वासन दिएकी थिइन् । समिति सदस्य घनश्याम भण्डारीले एनआरएनए यूके उपाध्यक्ष मोहन कार्कीले स्कटल्यान्डबाट एनआरएनएका मुद्दाहरुलाई उठाउँदै एनआरएनए यूके एनसीसी, आईसीसी र नेपाली दूतावासमा ज्ञापन पत्र दिइसकेको तर अकस्मात ममतामयी मुमाको निधनले नेपाल जानु परेकोमा उनको मुमाको हार्दिक श्रद्धा तथा परिवारमा राज्य समितिको तर्फबाट समवेदना व्यक्त गरे ।

मोहन कार्की दुःखको बेला १३ दिनलगत्तै नेपाली नगरिकताको निरन्तरताका लागि नेपालका कानुनविद् तथा सरकारका मन्त्रीहरुसँग बहसमा गएकोमा प्रशंसा समेत गरिएको थियो ।

सभालाई विसर्जन गर्नु पहिला अध्यक्ष कासीराम भण्डारीले बेलायत सरकार र नेपाल सरकारले कोभिड १९ होटल आइसोलेसन रुल्सले नेपाली तथा पर्यटकलाई पारेको मर्काको ध्यानाकर्षण गराएका थिए । नजिकिएको तीज चाडको शुभकामना पनि दिएका थिए ।

कार्यक्रम संचालक मनिष खत्रीले नेपाली क्लास, विद्यार्थीका समस्याहरुलाई ध्यानाकर्षण गराएपछि राजदूताबास र सबै उपस्थितहरुबीच प्रश्न उत्तरको सेसन सञ्‍चालन गरिएको थियो, जुन अत्यन्त जानकारीमूलक रहेको सहभागी बताए ।

समाजसेवी, बुद्धिजीवीहरु माधव भण्डारी, सागर भण्डारी, राम बगाले, राजू बम, टिका लिम्बू, धन केसी, राम श्रेष्ठ, गोविन्द कँडेल, शेर केसी तथा धेरै समाजसेवीहरुले एनआरएनए स्कटल्यान्ड र नेपाल एम्बेसीको सेसनको खुलेर प्रशंसा गर्दै विभिन्न प्रश्न‍ र सुझावहरु प्रस्तुत गरेका थिए ।

एक हलमा दूतावासले प्रश्नको उत्तर दिइरहेको थियो भने अर्कों हलमा जन समूहले एम्बेसीका सबै सेवाहरु लिइरहेको थियो । राजदूत रेग्मीले एबर्डिनबाट आएका समाजसेवी तथा नेपाल पर्यटनका अनुभवी प्रकाश भट्टले कसरी पर्यटन प्रमोट गर्ने भनेर दिएका सुझावलाई गम्भीरताका साथ नोट गरेको भन्दै सबैलाई धन्यवाद दिएर फेरि स्कटल्यान्ड आउने बाचा गरे । त्यसपछि अध्यक्ष भण्डारीले कार्यक्रम समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!