बेलायतले लगायो म्यानमारमाथि प्रतिबन्ध

SHARE:

एजेन्सी
यांगुन । बेलायत सरकारले म्यानमारमाथि नयाँ प्रतिबन्ध लगाएको छ । बेलायतले म्यानमारको जुन्ता सरकारको प्रमुख व्यापार साझेधार कम्पनी होतु ग्रुप र त्यसका संस्थापक ते जामाथि प्रतिबन्ध लगाएको हो । संस्थापक जाले सेनाको जुन्ता सरकारलाइ हतियार उपलब्ध गराउन सम्झौता गरेको बेलायतको आरोप छ ।

म्यानमारका अल्पसंख्यक रोहिन्जा समुदाय दमन गर्न सो समूहले सन् २०१७ मा हतियार उपलब्ध गराएको पनि बेलायतको आरोप छ । सेनाको दमनका कारण लाखौं रोहिन्जाले देश छोडेर वंगलादेश पुगेका थिए । फेब्रुवरीमा सेनाले ‘कू’ गरेपछि बेलायतले म्यानमारका निश्चित व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो ।

अल्पसंख्यकमाथि सेनाको जुन्ता सरकारले गरेको दमन तत्काल रोक्न समेत बेलायतले माग गरेको छ । ‘जुन्ता सरकारले म्यानमारका नागरिकमाथि गरेको दमन रोक्ने कुनै संकेत देखिँदैन,’ बेलायतका विदेशमन्त्री डोमिनिक रयाबले भन्नुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!