युवा वैज्ञानिक डा. शर्माले एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने

SHARE:

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा.हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । महासचिव भएपछि आफूले सुरू गरेका रूपान्तरणका प्रयासलाई सार्थक पार्न नेतृत्वमा आउन चाहेको उहाँले बताउनुभयो ।

‘मैले संस्थामा केही परिवर्तन गर्छु भनेर सार्वजनिक गरेका प्रतिबद्धताहरू पूरा हुने अवस्थामा छन्, ती एजेन्डाको स्थायीत्व र संस्थागत गर्न चुनौती छन्,’ उहाँले भन्नुभयो, ‘आगामी कार्यकालमा अहिले सुरूवात गरिएका कामलाई पूर्णरुपमा संस्थागत गर्नेमा लाग्नेछु ।’

भौतिकशास्त्री शर्माले महासचिवमा निर्वाचित भएपछि स्मार्ट एनआरएनएअन्तरर्गत विश्वभर छरिएका ८० भन्दा बढी देशका पञ्जीकृत सदस्यहरुलाई केन्द्रीय प्रणालीमा जोड्ने, अनलाइन भोटिङ, निःशुल्क प्रतिनिधि दर्ताजस्ता महत्वपूर्ण निर्णय गराउन सफल हुनुभयो । उहाँले विशेष महाधिवेशनमार्फत विधान संशोधन गरेर संघलाई रुपमान्तरण बाटोमा अघि बढाउनुभएको हो ।

कुशल प्रशासकसमेत रहेका शर्माले काठमाडौंस्थित संघको सचिवालयलाई चुस्त राख्न र पुनर्संरचना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । शर्माले विश्वव्यापी कोरोना महामारीमा विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि संयुक्त राष्ट्रसंघसमक्ष पुगेर आवाज बुलन्द गर्दै गैरआवासीय नेपाली संघलाई पहिलोपटक अन्तर्राष्ट्रिय दातृनिकायसँग सहकार्यको सुरुवात गर्नुभएको थियो ।

शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुनुहुन्छ । १५ भन्दा बढी विद्यार्थीको विद्यावारिधि ‘सुपरभाइज’ गरिसकेका उहाँले आफ्नो नेतृत्वमा गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गर्नुभएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!