एनआरएनएको तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन लण्डनमा हुने

SHARE:

लण्डन भदौ १९ ।

गैरआवासीय नेपाली संघ एनआरएनएले तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन गर्ने भएको छ ।

बेलायतको राजधानी लन्डनमा १७ देखि १९ सेप्टेम्बरसम्म हुने सम्मेलनमा २५ देशका तीन सयभन्दा बढी नेपाली चिकित्सहरुको सहभागिता रहने गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले बताएका छन् । स्वास्थ्य क्षेत्रमा अनुसन्धान, स्वास्थ्य प्रवर्द्धन, प्रयोगशाला, नेपालमा रोग नियन्त्रण केन्द्र, नेटवर्किङलगायत स्वास्थ्यसम्बन्धी उपचार, रोकथाम र व्यवस्थापनमा केन्द्रित रहने सम्मेलनमा सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने डा.सापकोटाले बताए ।

सम्मेलनमा विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, कोभिड-१९ महामारीको प्रभाव र चुनौती, नेपालमा खोपको सम्भावना, मुटुरोग, बालबालिका तथा महिलाहरुको स्वास्थ्य अवस्थालगायत विषयमा विज्ञ चिकित्सकहरुले कार्यपत्र पेस गर्नेछन् । लन्डनस्थित नेपाली दूतावास भवनमा उद्घाटन हुने सम्मेलनको समापन अल्डरसटमा गर्ने स्वास्थ्य समितिले जनाएको छ ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको आतिथ्यमा हुने सम्मेलनलाई गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, डा. भगमान कोइराला, बेलायती उपल्लो सदनकी सदस्य लर्डस् ब्यानेरस क्यानेडी, डा. सुनिल शाह, गैरआवासीय नेपाली संघका महासचिव डा.हेमराज शर्मा, एनआरएनए स्वास्थ्य अनुसन्धान समितिका संयोजक डा. बोधराज सुवेदीलगायतले सम्बोधन गर्नेछन् ।

सम्मेलनमा नेपाल मेडिकल काउन्सिल, अष्ट्रेलिया नेपाली मेडिकल काउन्सिल, नेपाल नर्सिङ एसोसियन युके, नेपाली डाक्टर एसोसिएसन युके, गैरआवासीय नेपाली संघ युके, नर्सिङ नेपाली एसोसिएसन युकेलगायत एक दर्जन संघ(संस्था तथा प्रतिनिधिहरुको सहभागिता रहने छ । गैरआवासीय नेपाली संघको आयोजनामा यसअघि अमेरिकामा पहिलो र दोस्रो स्वास्थ्य सम्मेलन भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!