तमुधिं यूकेले सेप्टेम्बर २५ मा च्यारिटी रात्रिभोज आयोजना गर्ने

SHARE:

लन्डन । तमुधिं यूकेले सेप्टेम्बर २५ तारिख २०२१ मा च्यारिटी रात्रिभोज आयोजना गर्ने भएको छ ।

‘उच्च शिक्षा हाम्रो लक्ष्य’ भन्ने नारालाई जीवन्त राख्दै नेपालको कुनै पनि विद्यालयमा अध्ययन गरिरहेका तमू जेहेन्दार गरिब विद्यार्थीहरुलाई सांस्कृतिक प्रतिष्ठान नेपालमार्फत छात्रवृद्धि उपलब्ध गराउने उद्देश्यले तमु धिं भवनमा च्यारिटी रात्रीभोज (Charity Dinner Night) आयोजना गरिएको हो ।

ईच्छुक परोपकारी, सहयोगी, शुद्ध हृदयका धनी महानुभावहरूले गरिव विद्यार्थीहरुलाई पढाउने अवसर जुटाइदिने यो कार्यक्रमको अर्को मुख्य उद्देश्य रहेको आयोजक तमु धिं यूकेका महासचिव परशुराम गुरुङले जानकारी दिएका छन् । उनका अनुसार इच्छुक धनकारी र मनकारी महानुभावहरुले २ तारिखबाट सहयोग गर्न सक्नेछन् ।

तमु धिं यूकेले विगतका वर्षहरुमा पनि च्यारिटी रात्रिभोज आयोजना गर्दथ्यो । रात्रिभोजमा उपस्थित भई कार्यक्रम सफल पारिदिन तमूधिं यूकेका सम्पूर्ण कार्यसमितिका पदाधिकारी, सल्लाहकार तथा आजीवन सदस्यहरूलाई अनुरोध गरिएको छ ।

महासचिव गुरुङका अनुसार १ लाख २५ हजार रुपैयाँ सहयोग गरी एक गरिब जेहेन्दार नानीलाई पढाउन सक्नेछन् । त्यस्ता श्रीमान्/श्रीमतीलाई तमुधिंबाट रात्रिभोज कार्यक्रममा विशेष सम्मान गरिनेछ । स्वेच्छाले कमसेकम केही आर्थिक सहयोग गरी अक्षय कोष बढाइदिन सक्ने भन्दै कार्यक्रम संयोजकसमेत रहेका गुरुङले स्वेच्छाले आर्थिक सहयोग गरी गरिब विद्यार्थीहरुको पठनपाठनको लागि सहयोग गरिदिन अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!