लन्डन भदौ २८ । नेकपा (एकीकृत समाजवादी)को बेलायतमा कृष्ण तिवारीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको छ ।
आइतबार प्रवासी नेपाली मञ्च यूकेका उपाध्यक्ष उमेशराज मोक्तानको अध्यक्षमा बसेको बैठकबाट माधव नेपाल समूहको प्रवासी नेपाल मञ्च विघटन गरी प्रवासी नेपाली एकता मञ्च यूके (राष्ट्रिय संगठन कमिटी) गठन गर्ने निर्णय गरेको हो ।
पदाधिकारहरुमा तिवारी अध्यक्ष, उमेशराज मोक्तान वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव अर्जुन खतिवडा, कोषाध्यक्षमा पुरुषोत्तम शर्मा चयन भएका छन् ।
यस्तै सदस्यहरुमा एसके गुरुङ, प्रकाश न्यौपाने, दिपक गुरुङ, आयुष गुरुङ, नवीन राई, घनश्याम लामा, इन्दिरा बस्याल, मेनुका थापा, शुशी गुरुङ, दीपेन्द्र अधिकारी, अभिषेक कटुवाल, नोर्बु शेर्पा चयन भएका नवनिर्वाचित उपाध्यक्ष उमेशराज मोक्तानले जानकारी दिए ।
नवगठित कमिटीका पदाधिकारीहरुलाई मुख्य अतिथि श्रीप्रसाद साहले पार्टीको विधानअनुसार शपथ खुवाउँदै बधाई दिएका थिए । उनले प्रवासमा सबै नेपालीहरु हातेमालो गर्दै कमिटीको विस्तार गर्न आग्रह गरे ।
त्यस्तै युरोप सचिव सुभास पोखरेल र प्रदेश १ का सदस्य सुष्मा राईले पनि सबै निर्वाचित सदस्यलाई बधाई तथा शुभकामना दिएका थिए ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष रामजी बराललाई गठित कमिटीको सल्लाहकारमा चयन गरिएको छ भने समयानुसार पछि क्रमश: पदाधिकारीहरु र सल्लाहकारहरु चयन गरिने अध्यक्ष तिवारीले जनाए ।






