बेलायतका प्रधानमन्त्री जोन्सनले भने: ‘कोप २६’ विश्वका लागि नै महत्वपूर्ण छ

SHARE:

लण्डन असोज ५ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप २६’ विश्वका लागि नै महत्वपूर्ण हुने बताएका छन् ।

विश्वमा अहिले जलवायु परिवर्तनको पनि ठूलो समस्या रहेको र विश्व नै यो समस्याबाट आक्रान्त भइरहेको भन्दै उक्त सम्मेलन यस क्षेत्रको समस्यालाई कम गर्ने विषयमा महत्वपूर्ण रहने उनले बताए । संयुक्त राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले सो जानकारी दिएका हुन् ।

यस सम्मेलनका अवसरमा विश्वका धनी देशहरुले जलवायु परिवर्तनको असरका बारेमा आफूहरुले गर्नुपर्ने कामहरुको प्रतिबद्धता पूरा गर्ने विषयमा कुराकानी गर्नुपर्ने र यसका साथमा गरिब तथा विश्वमा जलवायु परिवर्तनबाट प्रभावित देश र जनताको लागि पनि सहयोग गर्नुपर्ने प्रतिबद्धताको बारेमा पनि स्मरण गर्नुपर्ने उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!