एनआरएनए सहकोषाध्यक्ष पदमा अभियन्ता न्यौपानेले उम्मेदवारी दिने

SHARE:

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुन गैरहेको गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा सहकोषाध्यक्ष पदमा बेलायतबाट उम्मेदवारी दिने भएका छन् ।

एनआरएनए यूके राष्ट्रिय समन्वय परिषद्‌मा करिब एक दशकसम्म कार्यकारी सदस्य, सहकोषाध्यक्ष, हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् भने एक कार्यकाल आईसीसी सदस्य (२०१९-२०२१) पदमा रही कार्य गरेको अनुभव बटुलेका छन् । नेपालमा राष्ट्रिय वाणिज्य बैंकमा प्रबन्धकको कार्य गरेका न्यौपानेले करिब ३५ बर्ष बित्तिय क्षेत्रमा कार्य गरेको अनुभव छ ।

हाई स्किल्ड माइग्रेन्टका रुपमा सन् २००५ मा बेलायत आएका न्यौपाने अहिले बेलायत र नेपालमा प्रोपर्टी, हस्पिटालिटी, हाइड्रो र किप्टोकरेंसी लगायतका क्षेत्रमा व्यवसाय संचालन गरेका छन् । एमए, बिएलसम्मको अध्ययन पूरा गरेका न्यौपाने अध्यात्म र साहित्यमा पनि रूचि राख्छन् ।

पशुपति मन्दिर लण्डनको ट्रस्टी मेम्बर रहेका न्यौपानेले जीवन विज्ञान यूकेको स्थापनाका लागि विशेष पहल गरेका थिए । उनी अन्तर्रास्ट्रियस्तरमा क्रियाशिल ‘प्रो इलाइट क्लब’मा पनि सक्रिय छन् । जीवन विज्ञानको माध्यमबाट सबैलाई मन, विचार र कर्म स्वस्थ्य र शुद्ध राख्न तथा प्रो इलाइट क्लब मार्फत लगानी सम्बन्धि ज्ञानका अनुभव बाड्दै सबैलाई सम्बृद्ध बनाउन क्रियासिल रहेका छन् ।

सामाजिक कार्य र च्यारिटी संस्थामा आबद्ध उनी बेलायतस्थित धेरै संघसंस्थामा सल्लाहकारका रुपमा कार्यरत छन् ।सामाजिक सस्थाहरुमा मन खोलेर आर्थिक सामाजिक सहयोग गर्ने सहयोगी मनका धनिका रुपमा बेलायतमा चिनिएका छन् । बिस्वको ४९ रास्ट्रभन्दा बढी राष्ट्रहरुमा संजाल रहेको अन्तर्राष्ट्रिय झापाली समाजका बर्तमान उपाध्यक्ष रहेका छन् ।

संस्थाको अन्तरिक सुशासन, पारदर्शिता, आत्मनिर्भरता, एकता, संघको प्रभावकारितामा विशेष पहल गर्ने विविध योजनासहित सामाजिक र वित्तीय क्षेत्रमा लामो समय काम गरेको अनुभव संघमा लगाउने उद्देस्यले NRNA ICC को सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको कुरा जानकारी गराएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!