लण्डन माघ ६ ।
ब्रिटिश गोरखाहरुको नेपाली नागरिकता निरन्तरताका बारेमा नेपालको संघीय संसदमा दबाब दिने उद्देश्यले सर्वदलीय संसदीय समिति गठन गरिएको छ ।
पूर्व स्वास्थ्य मन्त्री तथा नेकपा एमालेका सांसद शेरबहादुर तामाङको संयोजकत्वमा गठित सो समितिमा एमालेकै सांसदहरु यज्ञराज सुनुवार र जयकुमार राई, नेकपा माओवादी केन्द्रका सुदन किराँती र हेमकुमार राई, नेपाली काँग्रेसका सांसदहरु अधिवक्ता पुष्पा भुषाल, दिव्यमणि राजभण्डारी र पूर्वमन्त्री देवेन्द्रराज कँडेल रहका छन् ।
समितिका सदस्यहरुलाई ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता समितिका कानुनी सल्लाहकार अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले गोरखाहरुको समस्याका बारेमा जानकारी गराएका छन् ।
समितिका सदस्यहरुलाई ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता समितिका नेपाल संयोजक प्रेम बेघाले बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।