काठमाडौं फागुन २ ।

ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तरराष्ट्रिय क्रिकेट शृंखला अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको छ ।
सोमबार भएको खेलमा नेपालले एक सय २८ रनको लक्ष्य पनि पुरा गर्न सकेन। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ११ रनमा समेटियो। नेपालका दीपेन्द्रसिंह ऐरीले २८, आसिफ शेखले २३, कमलसिंह ऐरीले १३ र कुशल भुर्तेलले १५ रन बनाए । लोकेश बम ६, ज्ञानेन्द्र मल्लले ५, कुशल मल्ल ९ र शरद भेषावकर १ रन बनाएर पेभेलियन फर्किए । आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन जोड्यो।
दीपेन्द्रले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए। अविनाश बोहराले दुई तथा जितेन्द्र मुखिया र कमलसिंह ऐरीले एक एक विकेट लिए। सन्दीप लामिछाने टी-२० अन्तरराष्ट्रिय क्रिकेटमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली बलर बने ।
उनले २९ खेलमा ५० विकेट झारेका हुन् । पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा शनिबार युएईसँग २५ रनले पराजित भएको थियो।






