विश्वकप छनोटमा नेपालको दोस्रो जित, फिलिपिन्स एक सय ३६ रनले पराजित

SHARE:

काठमाडौं फागुन ७ ।

आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई हराएको छ ।

ओमानको अल अमिरात मैदानमा नेपालले फिलिपिन्सलाई एक सय ३६ रनले हराएको हो । नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेट गुमाएर ८२ रन बनायो । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै आजै डेब्यु गरेका गुल्सन झा ले पनि एक विकेट लिए । जितेन्द्र मुखिया, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एकरएक विकेट लिए ।

आजको जितसँगै नेपाल चार अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ र सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा २ सय १८ रन बनाएको थियो ।

टी–ट्वेण्टी अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो ठूलो स्कोर हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!