काठमाडौं फागुन २२ ।

नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।
सात दिनको म्याद अपुग भएकाले थप म्याद माग्दा जिल्ला अदालतबाट १२ दिनको समय प्राप्त भएको तनहुँका प्रहरी नायब उपरीक्षक डीएसपी युवराज खड्काले जानकारी दिए । गएको आइतवारदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहको भोलिदेखि अदालतमा बयान सुरु हुनेछ ।
पल शाह गएको फागुन १५ गते आफैँ प्रहरी समक्ष उपस्थित भएका थिए । यसअघि शाहलाई अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।






