पारस खड्का दशकका पुरुष खेलाडी अवार्डबाट सम्मानित

SHARE:

काठमाडौं चैत ८ ।

 

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का पल्सर स्पोर्ट्स अवार्डमा दशकका पुरुष खेलाडी प्लेयर अफ द डिकेड मेल घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको १८ औँ संस्करणमा आज मङ्गलवार खड्का यो पुरस्कारबाट सम्मानित भएका हुन् । पारसको एक दशकको कप्तानीमा नेपालले सन् २०१४ मा ऐतिहासिक टी–२० विश्व कप खेलेको थियो । यस्तै सन् २०१८ मा पारसले नेपाललाई ऐतिहासिक एकदिवसीय क्रिकेटको मान्यता दिलाएका थिए ।

नेपाली खेलकुद इतिहासमै पछिल्लो एक दशकमा पुर्‍याएको योगदानको कदर गर्दै पारसलाई यो पुरस्कार प्रदान गरिएको हो । पारस एकदिवसीय र टी–२० क्रिकेट दुवैमा नेपालका लागि पहिलो शतक बनाउने खेलाडी पनि हुन् । पारसले गएको वर्ष नेपाली टोलीबाट सन्न्यास लिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!