नेपालमा बसोबास गर्ने फ्रि जाति

SHARE:

गुरुङ रामप्रकाश समथिङ

नेपाल सरकारले जनजातिमा सूचीकृत गरेको एक जनजाति हो फ्रि जाति । मंगोल अनुहारमा पर्ने फ्रि जातिको मुख्य बसोबास भनेको नारायणी अञ्चलको मकवानपुर जिल्ला, बाग्मती अञ्चलको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र ललितपुर जिल्ला हो । यिनीहरु मकवानपुर जिल्लाको फापरबारी गाउँ विकास समिति, बेतिनी गाउँ विकास समिति र कुलेखानी गाउँ विकास समितिको गाउँहरुमा बस्ने गर्दछ ।

त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाको घर्तीछाप गाउँ विकास समिति, छात्रेबाँझ गाउँ विकास समिति र खनालथोक गाउँ विकास समितिमा समेत बसोबास गरेको पाइन्छ । अनि ललितपुर जिल्लाको गोदावरी गाउँ विकास समिति, बडीखोला गाउँ विकास समिति, चापागाउँ गाउँ विकास समिति, सिकर्सा गाउँ विकास समिति, फादे गाउँ विकास समिति, टम्फेल गाउँ विकास समिति र लेले गाउँ विकास समितिहरुको गाउँहरुमा समेत धेरथोर जनसंख्यामा यिनीहरुको बसोबास रहेको छ ।
फ्रि जाति कुनै समयमा भक्तपुरका राजदरबारको भान्सेको काममा समेत सहभागिता थियो भन्ने गर्दछ । अल्पसंख्यक जातिमा परेरै होला नेपाल सरकारले यी जातिलाई सिमान्तकृत समूहमा सूचीकृत गरेका देखिन्छ ।

फ्रि जातिमा विशेष गरी आफ्नै जातिमा बिहे गर्न मन पराउने गर्दछ । आफ्नो जाति बाहेक उनीहरु नेवार, क्षेत्री र तामाङ जातिसंग बैबाहिक सम्बन्ध गाँस्न बढी मन पराएको पाइन्छ । फ्रि जातिमा गरिने कुनै पनि कार्यमा जाँडरक्सीको अनिवार्यता नै हुन्छ । जाँडरक्सी बेगर कुनै पनि कार्य सफल हुन्न भन्ने उनीहरु विश्वास गर्दछ । अझ जाँडरक्सी नचढाएसम्म भगवान खुशी हुन्न भन्ने समेत उनीहरुका अन्धविश्वास रहेको छ । त्यसैले गर्दा पनि उनीहरु जाँडरक्सीको धेरै मात्रामा खाने गर्दछ । त्यसकारण आर्थिक रुपमा पनि उनीहरु पछाडि नै परेको देखिन्छ ।

अरु जातिको तुलनामा यी जाति शिक्षा क्षेत्रमा पनि साह्रै पछाडि नै रहेको देखिन्छ । उच्च शिक्षाको त कुरै छाडौ । उनीहरुको आफ्नै जग्गा जमिनको उत्पादित अन्नले दुई तीन महिनासम्म पनि खान पुग्दैन । खान नपुगेर के भो र ? हरेक क्रियाकलापमा जाँडरक्सी अनिवार्य नै हुन्छ । फ्रि जातिमा मान्छेको मृत्यु भएमा कहिल्यै पनि गाड्ने गर्दैनन् । उनीहरु अनिवार्य रुपमा जलाउने नै गर्दछ ।

फ्रि जातिको बारेमा केही भनाईहरु पनि पाइन्छ । फ्रि जाति भनेको जनजाति हैन । जनजाति प्रतिष्ठानले नेपाल सरकारलाई नारायणी अञ्चलका मकवानपुर जिल्लाको फापरबारी, बेतिनी र कुलेखानी, बाग्मती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लाको घर्तीछाप, छात्रेबाँझ र खनालथोक अनि ललितपुर जिल्लाको गोदावरी, बडीखोला, चापागाउँ, सिकर्सा, फादे, टम्फेल र लेले गाउँ विकास समितिहरुको गाउँहरुमा समेत यी जातिको बसोबास भेटिएको छैन भनिएको छ । बरु माथि उल्लेख गरेको जिल्लाको गाउँ विकास समितिहरुको गाउँमा त फ्रि जाति नभइ फेरी भन्ने जातिको मान्छेहरु बसोबास गरेको भेटिन्छ भन्ने गर्दछ । जनजाति हो भनेर नेपाल सरकारले सूचीकृत गरेका उन्नानसाठी जनजाति मध्येको फ्रि जातिले कहाँसम्मको सत्यता हो आफूलाई जनजाति हो भन्न रुचाउँदैनन् भन्ने पनि सुनिएकै हो ।

यी जाति त फ्रि नभइ रातको समयमा बराठको सिङ बजाउदै हिड्ने र उज्यालो भएपछि दक्षिणा उठाउदै हिड्ने फेरी जाति हो भनिएको छ । यी जातिले विशेष गरी कातिक र चैत्र महिनामा मात्र राती–राती फेरी बजाउदै हिड्ने र विहान उठाएको दक्षिणाले जीविकोपार्जन गर्ने गर्दछ ।

यी जाति फ्रि नभइ जोगी जाति होसम्म भन्न भ्याएका छन् । कसै–कसैले फ्रि जातिलाई पहरी जाति नै बास्तवमा फ्रि जाति हो पनि भनिएको पाइन्छ । फ्रि जातिको आफ्नै मातृभाषा नभएकोले उनीहरु नेपाली भाषामा नै बोलचाल गर्ने गर्दछ ।
सन्दर्भ सामाग्री
१ लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिबासी जनजातिहरु जेष्ठ–२०६६
२ लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्वारा प्रकाशित तमु (गुरुङ) सांस्कृतिक दिग्दर्शन–असोज २०६८
३ लेखकद्वय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडांैद्वारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४ लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्वारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५ सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण संस्कृति विशेषाङ्क, अप्रिल– सन १९९९
६ लेखक डा.हर्क गुरुङद्वारा लिखित नेपाल आदिबासी जनजाति महासंघद्वारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक मुगाली जातिबारे लेख प्रकाशन गरिनेछ)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!