बेलायतको राजधानी लण्डनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौ हजार नागरिकले सहभागिता जनाएका छन् ।
बेलायतको यूरोपेली यूनियन (इयू) बाट हुने बहिर्गमन सम्बन्धमा ट्रम्पले बेलायती प्रधानमन्त्री टरिजा मेलाई आलोचना गरेपछि ट्रम्पको यस पूर्व तयभएको चार दिन लामो बेलायत भ्रमण नै तरङ्गीत हुने देखिएको छ ।
ट्रम्पलाई पदबाट हटाऔ, यो ट्रम्प विरोधी उत्सव हो, मेरी आमाले तिमीलाई मन पराउन्नन् र उनले सवैलाई मन पराउछिन् । जस्ता नारा लेखिएका प्लाकार्डसहित प्रदर्शनकारी अक्र्सफोर्ड स्ट्रिटबाट ट्राफलगर स्क्वाएरतर्फ गएका थिए । प्रदर्शनकारीले ट्रम्प नभए उन्नाइसौ शताब्दीमा गठन भएको गोराहरूको रङ्गभेदी गोप्य समूह हुने छैन, अमेरिका फासीवादी हुनेछैन । जस्ता नाराहरू लगाइएका थिए ।
केही प्रदर्शनकारीले भाडाहरू ठटाउ“दै विरोधमा सहभागिता जनाएका थिए भने केहीले विगुल फुकेर विरोध जनाएका थिए । केहीले ट्रम्प अघि नबढ भन्दै सुन्तला रङका बेलुन समातेर जुलुसमा सहभागिता जनाएका थिए । एक महिलाले गुलावी रङको ‘पुसी ह्याट’ लगाएर शुरु गरिएको प्रदर्शनमा ट्रम्प विरोधी एकता गठबन्धनका रूपमा अन्य सहभागीले शहरका विभिन्न भागबाट भाग लिएका छन् ।
प्रदर्शनमा सहभागी सबैले अमेरिकी राष्ट्रपति ट्रम्पको बे्रक्जिटबारे आएका प्रतिक्रियाको खुलेर कडा शब्दमा विरोध जनाएका छन् । यसै साता ट्रम्पले आफु राष्टपति चुनिएपछि पहिलोपटक बेलायतका भ्रमण गरेका थिए । अपेक्षित रुपमा उनको विरोधमा लण्डनको सहरमा हजारौले उनको नितिको विरोध गरेका हुन ।
ब्रेक्जिट नितिले व्यापार सम्वन्ध विग्रिन्छ
यसैविच अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ब्रेक्जिटलाई लागि बेलायती प्रधानमन्त्री टेरिजा मेले अघि सारेको योजनाबाट खुला व्यापार सम्झौताको सम्भावनालाई समाप्त पर्ने बताएका छन् । ट्रम्पले द सन पत्रिकाको शुक्रवार संस्करणका लागि अन्तर्वार्ता दिँदै बेलायतभन्दा युरोपेली संघसग सम्झौता गर्नु ठीक हुने बताए । ट्रम्प बेलायत यात्राका क्रममा बिहीवार राति बेलायत पुगेका छन् ।
बेलायतको राजनीतिमाथि टिप्पणी गर्दै ट्रम्पले पूर्व परराष्ट्रमन्त्री बोरिस जोनसोन महान् प्रधानमन्त्री बन्न सक्ने बताए । लन्डनका मेयर सादिक खानले प्रदर्शनकारीहरूलाई बच्चाको टालो लगाएको ट्रम्पको बेलून उडाउन अनुमति दिएकोलाई ट्रम्पले आलोचना गरे । उक्त बेलून बेलायती संसद नजिक उडाउने अनुमति दिइएको थियो । खानले लन्डनको अपराध घटाउन नसकेको ट्रम्पले टिप्पणी गरे । आफू भएको भए ब्रेक्जिट मामिलालाई फरक तरिकाले सम्हाल्ने ट्रम्पको भनाइ छ । ‘मैले मेलाई ब्रेक्जिट कसरी सम्हाल्ने भनी सुझाव पनि दिएको थिए तर उनले मेरो कुरा सुनिनन् , उनी फरक तरिकाले हिड्न चाहन्छिन,’ ट्रम्पले भने ।
यही समाचारलाई लिएर ट्रम्पको अर्को भनाई पनि सार्वजनिक भएको छ । उनले बेलायती प्रधानमन्त्रीलाई आलोचना नगरेको बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले मेको आलोचनाबारे आएका सबै खबरहरू ‘भ्रामक समाचार’ मात्र भएको शुक्रबार बताएका हुन् । ‘मैले प्रधानमन्त्रीको आलोचना गरेको छैन । यसलाई भ्रामक खबर भनिन्छ’ ट्रम्पले द सन पत्रिकाको शुक्रबारको अन्तवार्ता संस्करणका विषयमा बोल्दै भने ।
यसैबीच ट्रम्पले अन्तर्वार्तामा बे्रक्जिटका सम्बन्धमा बेलायती प्रधानमन्त्री टरिजा मेको आलोचना गरेका भन्दै राजधानी लण्डनमा अमेरिकी राष्ट्रपतिको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौ हजार नागरिकले सहभागिता जनाएका छन् ।






