नाइजेरियामा बाढीको प्रकोप, ४९ जनाको मृत्यु, २० बेपत्ता

SHARE:

कानो, नाइजेरिया, बाढी पहिरोको प्रकोपका कारण नाइजेरियामा ४९ जनाको मृत्यु भएको छ ।

आपतकालीन सेवाका अधिकारीहरूले मंगलबार दिएको जानकारी अनुसार बाढी पहिरोले बगाएर अरू २० जना अहिलेसम्म पनि बेपत्ता रहेका छन् ।

जिविआ जिल्लाको पाँच गाउँ बाढी पहिरोबाट बढी प्रभावित भएको जनाइएको छ ।

आइतबार रातभरी आएको अत्यधिक वर्षापछि स्थानीय नदीहरूमा पानीको मात्रा बढेर बाढी आएको काटसीना राज्यको आपतकालीन व्यवस्थापन निकायका प्रमुख अमिनु वाजिरिले एएफपीलाई जानकारी दिए ।

“हामीलाई अहिलेसम्म ती पाँच गाउँबाट ४९ जनाको शव भेटिएको विवरण प्राप्त भएको छ,” उनले भने ।

आपतकालीन सेवा प्रमुख वाजिरिले हराइरहेका अरू २० जनाको पनि खोजी भइरहेको जानकारी दिए ।

बेपत्ता भएका मध्ये केहीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । कतिपय बाढीपहिरो पीडितहरूलाई जटिल अवस्थाबाट उद्धार गरिएको वाजिरिले बताए ।

बाढी पहिरोमा परी दुई हजारभन्दा बढी स्थानीयबासिन्दा विस्थापित भएका छन् भने २७ जना घाइते भएका छन् ।

विस्थापितहरूलाई जिविआको स्थानीय विद्यालयहरूमा अस्थायी शिविर बनाएर राखिएको छ भने घाइतेहरूलाई अस्पतालमा उपचार गराइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!