समाजसेवी राम गलामीमगर बेलायती राजनीतिमा प्रवेश
प्रस्तुति: चिम्खोले काईला
मगर संघ युकेका निबर्तमान उपाध्यक्ष, रेडिङ शाखाका पुर्ब अध्यक्ष तथा समाजसेवी राम गलामीमगर बेलायतको राजनीतिकमा प्रवेश गरेका छन।बेलायतको स्थानीय निकायको निर्वाचन आउदो मे ४ मा हुँदैछ। उक्त स्थानीय निर्वाचनमा बेलायतको लेबर पार्टीले राम गलामीमगरलाई काउन्सिलर पदको लागि टिकट दिएपछि उनले रेडिङको पार्क वार्डबाट काउन्सिलर पदमा उमेद्वारी दिने निर्णय गरेका हुन्। उनले उक्त पार्क वार्डमा ११ हजार मतदाताहरु रहेको बताएका छन।
राम गलामीमगरले रेडिङको पार्क वार्डमा बसोबास गर्ने नेपालीहरुलाई आउदै गरेको मे ४ को स्थानीय निर्वाचनमा आफुलाई मतदान गरेर सहयोग गर्न अनुरोध गरेका छन। उनले यदि काउन्सिलर पदमा निर्वाचित भएमा बेलायतवासी नेपालीहरुले बेलायतमा प्राप्त गर्नसक्ने भत्ता, सेवा, सुबिदा, दोहोरो नागरिकता र पेन्सनको बारेमा बेलायत सरकार र नेपाल सरकारसंग सशक्त रुपले कुरा उठाउने प्रतिबद्धता जनाएका छन।
बेलायतवासी नेपालीहरुको बिचमा निस्कलंक तथा स्वच्छ छबि बनाएका समाजसेवी राम गलामीमगर गुल्मी जिल्ला, चन्द्रकोट गाउँपालिका डिब्रुङदह १, बाबा सुबेदार दिल बहादुर गलामीमगर र आमा जैसरा गलामीमगरको कोखबाट कान्छा छोराको रुपमा जन्म भएको थियो । राम गलामीमगरको बाल्यकाल डिब्रुङदहमा बितेको थियो भने उनको शिक्षादीक्षा श्री उदय माध्यामिक बिद्यालय शान्तिपुरमा भएको थियो।
माध्यामिक बिद्यालयमा अध्ययन गर्नेक्रममा बाबा सुबेदार दिल बहादुर गलामीमगरको पाइला पछ्याउदै राम गलामी ब्रिटिश आर्मीमा लाहुरे बन्नका लागि गल्लावालासंग पोखरास्थित बृटिश क्याम्पमा प्रवेश थिए। भाग्यबस राम गलामी मगर सन् १९८५ सालमा बृटिश आर्मीमा प्रवेश गरेका थिए। उनले बृटिश आर्मीको आधारभूत तालिम हंगकंगको सेकोङस्थित मलाया लाइन्समा लिएका थिए। बृटिश आर्मीको आधारभूत तालिम सफतापुर्बक सम्पन्न गरेपश्च्यात उनि मलाया लाइन्सबाट १/२ गोर्खा राइफल्समा आबद्ध भएका थिए। ब्रिटिश आर्मीमा लामो समय सेवा गरे पश्च्यात उनि फस्ट बटालियन द रोयल गोर्खा राईफल्सबाट सन् २००१ मा सैन्य जीवनबाट अवकाश प्राप्त गरेका थिए।
भुतपुर्बक गोर्खाहरुले बेलायतमा बस्न पाउने अधिकार प्राप्तपश्च्यात समाजसेवी राम गलामीमगर बेलायतको रेडिङ शहरमा Forces Employment Charity भन्ने संस्थामा आबद्ध रहेका छन। जुन संस्थाले भुतपुर्ब गोर्खा तथा उनका परिवारहरुको लागि रोजगारको बन्दबस्त गरिदिने गर्दछ । राम गलामीमगर बेलायतमा स्थापित बिभिन्न संघ संस्थाहरुमा आबद्ध रहेका छन। राम गलामीमगर निम्न संस्थाहरुमा आबद्ध रहेका छन:
Gurkha Employment Advisor: Forces Employment Charity
निबर्तमान उपाध्यक्ष: मगर संघ युके
पुर्ब अध्यक्ष: मगर संघ युके, रेडिङ्ग शाखा
निबर्तमान अध्यक्ष: गुल्मी जिल्ला समाज युके
संस्थापक अध्यक्ष: रेडिङ्ग भुतपुर्बक गोर्खा यसोसियसन
सल्लाहकार: गैर आबासीय नेपाली संघ युके
राम गलामीमगर श्रीमती लक्ष्मी गलामीमगर, छोरा बिज्ञान गलामीमगर र छोरी बिज्ञाता गलिमीमगरसंग बेलायतको रेडिङ्ग भन्ने शहरमा बसोबास गर्दै आएका छन। उनले संसारका बिभिन्न मुलुकहरुको भ्रमण गरिसकेका छ। जस्तै: नेपाल, भारत, बेलायत, हंगकंग, ब्रुनाई, सिंगापुर, थाइल्याण्ड,मलेसिया, फिजी, कतार, दुवाई, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, साइप्रस, केन्या, बेलिज, बोजनिया, फ्रान्स, स्पेन, बेल्जियम, हल्याण्डलगायत यूरोपका थुप्रै देशहरुको भ्रमण गरिसकेका छन।
राम गलामीमगर फुर्सदको समयमा मगर संघ युकेलगायत बिभिन्न सामाजिक संस्थाका कार्यक्रमहरुमा व्यास्त हुन्छन । बचेका समय श्रीमती लक्ष्मी गलामीमगर, छोरा बिज्ञान गलामीमगर, बुहारी अम्बिका गलामीमगर, नातिनी आलीस गलामीमगर र छोरी बिज्ञाता गलिमीमगरसंग देश विदेशको भ्रमण गर्न रुचाउछन ।