लन्डन । लमजुङ समाज यूकेको गृष्मकालीन भेटघाट तथा हाउजिङ प्रोजेक्ट परोपकारी रात्रीभोज कार्यक्रम आगामी १ अगस्टमा हुने भएको छ ।
शनिबार १ अगष्ट २०२६ मा अल्डरसटस्थित अल्डरउड लेजर सेन्टरमा सांगीतिक कार्यक्रमसहित गृष्मकालीन भेटघाट तथा हाउजिङ प्रोजेक्ट परोपकारी रात्रीभोज हुने कार्यक्रम संयोजक एवं वरिष्ठ उपाध्यक्ष परशु गुरुङले जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रममा नपालबाट आएका चर्चित तथा लोकप्रिय लमजुंगे कलाकारद्वय लमजुंगे ठाडो भाकाकी रानी मञ्जु बिक र सम्झना भण्डारीको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।
कार्यक्रम दिउँसो १ देखि राति १०:१५ सम्म निर्धारण गरिएको छ । कार्यक्रममा उपस्थितिका लागि समाजका सम्पूर्ण सदस्यहरु, चेलीज्वाइँ, भान्जाभान्जीहरुलाई समाजले निमन्त्रणा गरेको छ ।
कार्यक्रम प्रवेशका लागि वयस्क २५ पाउन्ड, बालबालिकाका लागि १५ पाउन्ड तोकिएको छ । कार्यक्रमबारे थप जानकारी आवश्यक परे अध्यक्ष पूर्णराज गुरुङ, कार्यक्रम संयोजक (वरिष्ठ उपाध्यक्ष) परशु गुरुङ तथा तारा गुरुङ, कृष्ण गुरुङलगायतलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।






