काठमाडौं ८ जुलाई २०२३ । द भ्वाइस अफ नेपाल सिजन ४ की प्रतिस्पर्धी नुवाकोट दुप्चेश्वर गाउँपालिका जन्मघर भएकी गायिका पवित्र गुरुङले मौलिक भाका रोधीघर कौडा गीत सार्वजनिक गरेकी छन् ।
गायक तथा संगीतकार गणेश गुरुङको लयरशब्द रचनामा पवित्रले उक्त गीत शुक्रबार आफ्नै युट्युब च्यानलमार्फत रिलिज गरेकी हुन् । पवित्र र गणेशको स्वर रहेको उक्त गीतमा तेजेन्द्र दुराको एरेन्ज रहेको छ । स्वरमा नितु पुन, रिस्ता कोइराला, शिशिर गुरुङ, गंगा पुनले साथ दिएका छन् । नृत्यमा इन्हा गुरुङ, चाहना मगर, विविषा गुरुङ, प्रजिना गुरुङ, विशखा गुरुङ, अनिषा गुरुङ, सुनम गुरुङ र प्रतिशा तामाङले भाग लिएका छन् ।
चलचित्रकर्मी प्रितम गुरुङले निर्देशन गरेको उक्त म्युजिक भिडियो सम्पादन मेकबहादुर थापाले गरेका छन् । क्यामेरामा खेम थापामगर, सहक्यामेरा मेनमा सञ्जय मगर, ललित मगर, कोरियोग्राफर सन्तोषी गुरुङ छन् ।






