लण्डन २१ जुलाई २०२३ ।

टंक शेरचनले ‘आफ्नै जीवनको’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
उनले आफ्नै युट्युव च्यानल टंक शेरचनबाट भिडियो सार्वजनिक गर्दै दर्शक स्रोताको माया पाउने आशा व्यक्त गरेका छन् । गीतमा गायिका दीपा लामाको सुरिलो स्वर छ भने गीत रचना र संगीत उनै टंक शेरचनको हो ।
सन् १९८६ मा हङ्गकङ्गको नोकरीमा रहँदा पहिलो सृजना केही महिना पहिले गायक आनन्द कार्कीको स्वरमा सार्वजनिक गरेका उनले फेरि अर्को सिर्जना दीपा लामाको स्वरमा सार्वजनिक गरेको हुन् ।






