गोर्खा वारियरको प्रिमियरमा बेलायती प्रधानमन्त्री सुनकलाई निमन्त्रणा

SHARE:

काठमाडौं २१ जुलाई २०२३ ।

नेपाली अन्तर्राष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को प्रिमियरको तयारी भव्यरुपमा भइरहेको छ ।

सो प्रिमियरका लागि गोर्खा वारियरका निर्माता एवम् निर्देशक मिलन चाम्स यतिबेला बेलायतमा छन् । प्रिमियरको तयारी तीव्र गतिमा भइरहेको उनले बताए । सोही प्रिमियरको लागि निर्देशक चाम्सले बिहीबार बेलायतको संसद् भवनमा पुगेर त्यहाँका संस्कृति, सञ्चार तथा खेलकुद मन्त्री डेमियन कोलिन्सलाई अतिथिको रुपमा निमन्त्रणा गरेका छन् ।

निर्देशक चाम्ससहित गोर्खा वारियरका निर्माता सुमन राई, नायक रितेश चाम्स, बेलायतका लागि पहिलो नेपाली काउन्सलर धन गुरुङ, बेलायतको लागि मिडिया कोअर्डिनेटर आकाश सुनुवार, सहयोगी भाईराजा थापाले मन्त्री कोलिन्सलाई संसद् भवनमा भेटेका हुन् । उनले मन्त्री कोलिन्समार्फत बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई पनि प्रिमियरको लागि विशेष निमन्त्रणा कार्ड पठाएका छन् ।

सो भेटका क्रममा कोलिन्सलाई सो चलचित्रको बारेमा जानकारी गराउँदै ट्रेलर आफूहरूले ट्रेलर देखाएको पनि निर्देशक चाम्सले बताए । सो ट्रेलर आफुलाई साह्रै मन परेको प्रतिक्रिया निर्देशक चाम्सलाई दिँदै मन्त्री कोलिन्सले सफलताको शुभकामना समेत व्यक्त गरे । आगामी आगामी २४ भदौमा बेलायतकै ‘आईम्याक्स सिनेवल्र्ड’मा यो चलचित्रको रेड कार्पेट प्रिमियर हुँदैछ ।

निर्देशक चाम्सले सोबारे जानकारी गराउँदै भने,‘ आज म सहित हाम्रो टिमले बेलायतको पार्लियामेन्टमा पुगेर मन्त्री कोलिन्सज्यूलाई निमन्त्रणा गरेपछि उहाँले गोर्खा वारियरको प्रिमियरमा आउने बचन दिनु भएको छ । साथै प्रधानमन्त्री सुनकज्यूलाई सो प्रिमियरमा विशिष्ट अतिथिको रुपमा ल्याउन सक्दो प्रयास गर्ने पनि बताउनु भएको छ ।’

यतिबेला प्रिमियरको तयारीका लागि आफूसहित गोर्खा वारियरको बेलायत टिम दौडधुपमा लागि रहेको पनि निर्देशक चाम्सले बताए । उनले भने, ‘हालसम्म हामीले बेलायतको ब्ल्यान्डफोर्ड, टिडवर्थ, मैडस्टोनका विभिन्न ठाउँमा पुगेर त्यहाँ रहेका अतिथि तथा नेपालीहरुलाई यो प्रिमियरको लागि निमन्त्रण गरिसकेका छौं । बाँकी स्थानमा समेत पुगेर हामी निमन्त्रणाको काम दुईरचार दिनमै सम्पन्न गर्दैछौं ।’

निर्देशक चाम्सका अनुसार यो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवारका सदस्यहरु, बेलायतका मन्त्री डेमियन कोलिन्ससहित विभिन्न सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु सहभागी हुने भएका छन् । यस्तै बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरुलाई पनि आफूहरूले निम्ता गरिसकेको पनि उनले जानकारी गराए । नेपाली चलचित्रकै इतिहासमा सर्वाधिक महँगो स्थान र बजेटमा हुन लागेको यो प्रिमियरलाई एउटा अमिट इतिहास बनाउने तयारीमा आफूहरू दिनरात जुटिरहेको पनि निर्देशक चाम्सले जानकारी गराए ।

चलचित्र गोर्खा वारियर ‘वार’ जनरामा निर्माण भएको सिनेमा हो । यो चलचित्रमा नव अभिनेता रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ । यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!