स्वर्गिय भुपु माननिय कर्नेल लालकाजी गुरुङको १३औ दिनको पुन्य तिथिमा शोक सभा सम्पन्न

SHARE:

स्वर्गिय भुपु माननिय कर्नेल लालकाजी गुरुङको १३औ दिनको पुन्य तिथिमा शोक सभा सम्पन्न

केश बहादुर गुरुङ

लण्डन । ब्रिटिश गोर्खा नेपाल भुतपुर्ब सैनिक संघ British Gurkha Nepal Ex-Servicemen’s Association (BGNESA)को संयोजकतामा बिजीनेसाको अध्यक्ष केश बहादुर गुरुङको अध्यक्षतामा नेपाल भुतपुर्ब सैनिक संघको संस्थापक अध्यक्ष स्वर्गिय भुपु माननिय कर्नेल लालकाजी गुरुङको १३औ दिनको पुन्य तिथिमा २१ जुलाई २०२३ साल शुक्रबार साँझ जूम मार्फत (अनलाइन मार्फत) शोक सभा सम्पन्न गरेको छ । 

नेपाल भुतपुर्ब सैनिक संघ नेपालको केन्द्रिय बरिष्ठ उपाध्यक्ष गर्ज बहादुर गुरुङ प्रमुख अतिथी रहेको शोक सभा कार्यक्रममा सहभागी महानुभाबहरुले नेपाल भुतपुर्ब सैनिक संघ स्थापना गर्न र यस संस्थालाई अगाडी बढाउन खेलेको महत्वपूर्ण भूमिकाबारे प्रकाश पार्नुभएको थियो ।कार्यक्रमको शुरुवातमा स्वर्गिय कर्नेल लालकाजी गुरुङको स्‍मृतिमा २ मिनेट मौन धारण गरेको थियो भने लगत्तै बिजीनेसाको सचिब तथा Greenwich Gurkha Ex-Servicemen’s Association (जिगेसा)को अध्यक्ष हरीकुमार मल्लले स्वर्गिय कर्नेल लालकाजी गुरुङको छोटो जीवनी बाचन गरेर सुनाउनु भएको थियो ।  

कार्यक्रमका प्रमुख गर्ज बहादुर गुरुङले स्वर्गिय माननिय कर्नेल लाल काजी गुरुङ बौध्द अर्घौ सदन काठमान्डौको पनि अध्यक्ष रहेको र बिभिन्न सामाजिक संस्थाहरुसँग अबध्द रहेर समग्र गुरुङहरुको बिकासमा ठुलो योगदान दिनुभएको कुरा बताउनुभयो । साथै स्वर्गिय लाल काजी गुरुङले नाम नमिलेको, विवाह दर्ता नभएको र अन्य कागजी त्रुटी भएर पेन्सन नपाएका हजारौ भुपु भारतीय सैनिकहरु र बिधवाहरुलाई पेन्सन दिलाउन मध्दत गरेको कुरा सुनाउनुभयो ।

कार्यक्रममा सभाको अध्यक्ष- भुतपुर्ब सैनिक संघ बेलायतको अध्यक्ष केश बहादुर गुरुङले स्वर्गिय कर्नेल लाल काजी गुरुङ तथा अर्को नेपाल भुपु सैनिक संघको भुपु अध्यक्ष माननिय अध्यक्ष मेजर दीपक बहादुर गुरुङले नेपाल भुपु सैनिक संघको लागि पोखरामा जग्गा प्राप्त गर्नको लागि खेल्नुभएको महत्वपूर्ण भूमिकाबारे प्रकाश पार्नुभएको थियो । त्यस्तै कार्यक्रममा नेपाल भुतपुर्ब सैनिक संघको पूर्व उपाध्यक्ष (ब्रिटिश आर्मी) मेजर बाला सिङ गुरुङले पनि संस्थापक अध्यक्ष स्वर्गिय कर्नेल लालकाजी गुरुङ साँचै नै प्रेरणाको स्रोत रहेको र वहाँंले मार्गदर्शन गर्नुभएको बाटोमा सम्पूर्ण भुपु सैनिक संस्थाहरु लाग्न सकेमा वहाँप्रति सच्चा श्रध्दान्जली हुने कुरा बताउनुभयो ।

त्यस्तै बिजीनेसाका सल्लाहकार क्याप्टेन एक नारायण गुरुङले स्वर्गिय कर्नेल लालकाजी गुरुङ स्वयम आँफै पनि भारतीय सेनाको कर्नेल भएको र लाल काजीको बुवा (पिता) स्वर्गिय नरबहादुर गुरुङ पनि भारतीय सेनामै कार्यरत भएको र पछी मन्त्री भएको कुरा सुनाउनुभयो । त्यस्तै गरी क्याप्टेन एक नारायण गुरुङले दाङको आमसभामा गोली चल्दा भुपु प्रधानमन्त्री तथा नेपाली काङग्रेसका भुपु सभापती स्वर्गिय गिरिजा प्रसाद कोइरालालाई बच्चाएको किस्सा सुनाउन्दै नेपाली काङग्रेससँगको आफ्नो निकटताबारे बताउनुभयो ।

कार्यक्रममा उपस्थित बिजीनेसाका सल्लाहकारहरु तथा अन्य सहाभागी प्राय: सदस्यहरुले स्वर्गिय गुरुङको कामको चर्चा गर्नुहुँदै सम्पूर्ण भुपु सैनिकहरु एकजुट भएर अगाडी बढ्नुपर्ने कुरामा जोड दिनुभएको थियो । स्वर्गिय लालकाजीले देखाएको मार्गदर्शन र सपनालाई पुरा गर्न सक्यौ भने मात्रा वहाँप्रति सच्चा श्रध्दान्जली हुने कुरा बताउनुभयो ।

कार्यक्रममा नेपाल बिजीनेसाको उपाध्यक्ष दिल जिसी, एनआरएनए यूकेको महिला संयोजक लीला देबी गुरुङ, नेपाल भुपु सैनिक संघ तनहुँ जिल्लाको भुपु कोषाध्यक्ष रन्जित मल्ल, ग्रीनविच भुपु गोर्खा सैनिक संघ (जिगेसा)को अध्यक्ष तथा नेपाल भुपु सैनिक बेलायत शाखाको सचिब हरिकुमार मल्ल, ग्रिनविच जिगेसोको निबर्तमान अध्यक्ष ओम प्रसाद गुरुङ, तनहुँ समाज यूकेको पूर्व अध्यक्ष लेख बहादुर गुरुङ तथा नेपाल भुतपुर्ब सैनिक संघ नेपाल तथा बेलायतको पदाधिकारी र सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रम ग्रीनविच भुपु गोर्खा सैनिक संघ (जिगेसा)को अध्यक्ष तथा नेपाल भुपु सैनिक बेलायत शाखाको सचिब हरिकुमार मल्लले सन्चालन गरेको थियो भने बिजीनेसाको उपाध्यक्ष दिल जिसीले स्वागत मन्तब्य दिनुभएको थियो ।  

स्वर्गिय भुपु माननिय कर्नेल लालकाजी गुरुङ गत जुलाई ८ तारिख २०२३ साल काठमाण्डौमा निधन भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!