टिकटकद्वारा ईयूको कडा नियम अनुकुल सेवा सुधारको घोषणा

SHARE:

एजेन्सी ४ अगस्ट २०२३ ।

रमाइलो र सन्देशमुलक भिडियो आदानप्रदानका लागि बनाइएको विश्वप्रसिद्ध प्लेटफर्म टिकटकले युरोपेली प्रयोगकर्ताहरूलाई सेवा प्रदायकहरूको रूचिमा आधारित लत लाग्ने सामग्री देखाउन बन्द गर्न अनुमति दिनेसहित ईयूको कडा नियमहरू पूरा गर्न शुक्रबार परिवर्तनहरूको घोषणा गरेको छ ।

नयाँ नियमअनुसार इन्टरनेट कम्पनीहरूले तथ्याङ्कको गोपनीयता, बालकल्याण संरक्षण, भ्रामक सूचना र ‘हेट स्पीच’ नियन्त्रणमा कडा कदम चाल्नुपर्नेछ । टिकटकका साथै अमेजन, एप्पल, गुगल, मेटा र माइक्रोसफ्टसहित वेबका १९ ठूला कम्पनीहरूले अगस्ट २८ सम्म पालना गर्नुपर्नेछ ।

डिजिटल बजारको रेखदेख गर्ने युरोपेली आयुक्त थियरी ब्रेटनले गत महिना टिकटकलाई नयाँ मापदण्ड अपनाउन निर्देशन दिएका थिए । उक्त चेतावनीलाई ध्यानमा राख्दै टिकटकले युरोपका प्रयोगकर्ताहरूलाई ‘निजीकरण बन्द गर्न’ अनुमति दिने बताएको छ । मानिसहरूलाई उनीहरूको व्यक्तिगत रुचिको आधारमा सिफारिस गरिएको सामग्रीको साथ भिडियोहरू राख्ने ‘तपाईंको लागि’ फिडलाई सङ्केत गर्दै ‘निजीकरण बन्द गर्न’ अनुमति दिने बताएको हो ।

टिकटकले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “युरोपेली प्रयोगकर्ताले आफू बस्ने ठाउँ र विश्वभरका लोकप्रिय भिडियोहरू प्राप्त गर्न सक्नेछन् ।”टिकटकको सम्पादन सुविधाहरू र एआई–सञ्चालित कलन विधि ९एल्गोरिदम० को कारण टिकटक विशेष गरी युवा दर्शकहरूबीच विश्वभर लोकप्रिय छ र यसका एक अरबभन्दा बढी प्रयोगकर्ताहरू छन् ।

यद्यपि चीनसँगको सम्बन्धलाई लिएर पश्चिमा मुलुकहरूबाट टिकटकको चर्को आलोचना भइरहेको छ । टिकटकको लगानीकर्ता संस्था बाइटडान्स चिनियाँ भएको बताइने गरेपनि कम्पनीले यसलाई बेइजिङको संरक्षणमा रहेको अस्वीकार गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!