फ्रान्सलाई हराउँदै अष्ट्रेलिया महिला विश्वकपको सेमिफाइनलमा

SHARE:

एजेन्सी १२ अगस्ट २०२३ ।

आयोजक अष्ट्रेलिया पहिलो पटक महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा फ्रान्सविरुद्ध रोमाञ्चक जित निकाल्दै अष्ट्रेलियाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको समय पनि गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा पनि ३–३ गोलको बराबरी भएपछि खेल सडनडेथमा धकेलियो । त्यसमा पनि १० खेलाडीले पेनाल्टी प्रहार गर्दा ७–६ गोलले अष्ट्रेलियाले रोमाञ्चक जित निकाल्न सफल भयो ।

अब फाइनल प्रवेशका लागि अष्ट्रेलियाले इङ्ल्याण्ड र कोलम्बियाबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!