
स्वर्गीय नम्बरीहरुको संझनामा १०८ दियो प्रज्वलन
बेलायत। इन्टेक १९८२ गलोबल गोर्खा अर्गानाइजेशनले स्वर्गीय नम्बरीहरुको संझनामा १०८ दियो प्रज्वलन गरि बार्षिक भेटघाट सम्पन्न गरेका छन। उक्त बार्षिक भेटघाट बेलायतको फेल्थाममा आज सनिवार१९ अगस्त २०२३ मा सम्पन्न भएको हो।
बार्षिक भेटघाटको पहिलो चरणमा संस्थाका निबर्तमान उपाध्यक्ष तुल पुनले आपतकालीन स्थितिको बारेमा सूचना दिएक थिए। आपतकालीन स्थितिको बारेको सूचना पश्च्यात संस्थाका अध्यक्ष दिपक शेरचन, उपाध्यक्ष मोहन जंग गुरुङ, सचिब रण मगर, कोषाध्यक्ष हरि प्रधानलगायत सम्पूर्ण उपस्थित नम्बरिहरु र नम्बरनीहरुले स्वर्गीय नम्बरीहरु राम कुमार लिम्बु, तिल बहादुर थापा र बिरेन्द्र लामाको फोटोमा माल्यार्पण गर्दै १०८ दियो बालेर दुइ मिनेट मौन धारण गरेका थिए।
बार्षिक भेटघाटमा नेपालबाट बेलायत आएका चर्चित लोक दोहोरि गायक राजु परिवार र शिला आलेले आ-आफ्नो बेजोड प्रस्तुतिहरु प्रस्तुत दिएका थिए। राजु र शिलाको प्रस्तुतिमा उपस्थित सम्पूर्ण सम्पूर्ण दर्शकहरु झुमेका तथा नाचेका थिए। त्यस्तै नम्बरिहरु धन घले र सुक गुरुङले रोचक नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरंजन दिएका थिए।
बार्षिक भेटघाट कार्यक्रममा राफल ड्र संचालन गरिएको थियो। राफल ड्रको प्रथम पुरुष्कार अध्यक्ष दिपक शेरचनले प्रायोजन गरेका थिए भने अन्य पुरुष्कारहरुको प्रायोजन अन्य नम्बरीहरुले गरेका थिए।
अध्यक्ष दिपक शेरचनको अध्यक्षतामा संचालित कार्यक्रमको स्वागत मन्तब्य, कार्यक्रम संचालन, राफल ड्र, सांस्कृतिक कार्यक्रम संचालनलगायत सम्पूर्ण कार्यको जिम्मेवारी बहन अध्यक्ष शेरचनले गरेका थिए। कार्यक्रम ब्याबस्थित तरिकाले संचालन गर्नमा उपाध्यक्ष मोहन जंग गुरुङ, सचिब रण मगर, कोषाध्यक्ष हरि प्रधान, निर्वाचन मण्डलका सचिब डेबिड मुखिया, हरि शेरचनलगायत फेल्थाम वरपरका नम्बरी तथा उनका श्रीमतीहरुको बिशेष भूमिका रहेको थियो।






