महिला टी–ट्वेन्टी क्रिकेटको उपाधि नेपाललाई

SHARE:

काठमाडौं २६ अगस्ट २०२३ ।

चार देश सम्मिलित महिला टी–ट्वेन्टी क्रिकेटको उपाधि नेपालले जितेको छ ।

वर्षाका कारण प्रभावित खेलमा डकवर्थ लुईस (डिएलएस) मेथर्ड अनुसार नेपालले हङकङमामथि १३ रनको जित निकालेको हो । मलेसियाको वायोमास ओभलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०१ रन बनायो ।

हङकङका लागि काईन चानले सर्वाधिक २९ रनको योगदान गरिन् । मारिना ल्याम्प्लोले १९ तथा शान्जिन शहजाद १४ तथा इक्रा सहर १० रनमा अविजित रहँदा यास्मिन दासवानीले ११ रनको योगदान गरिन् । बलिङतर्फ खुसी डङ्गोलले सर्वाधिक ३ विकेट लिइन् ।

अस्मिना कर्माचार्य र कबिता जोशीले समान एक/ एक विकेट हात पारिन् । आजै भएको खेलमा कुवेतलाई हराउँदै मलेसियाले तेस्रो स्थान हात पारेको छ ।

जितका लागि मलेसियाले दिएको ११३ रनको लक्ष्य पछ्याएको कुवेत निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ७७ रनमा समेटिएपछि मलेसियाले तेस्रो स्थान हात पारेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!