एशिया कप क्रिकेट खेल्न सन्दीप पाकिस्तान गए

SHARE:

काठमाडौं २८ अगस्ट २०२३ ।

लेग स्पिनर सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्न आज पाकिस्तान गएका छन् ।

नाबालिकालाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका सन्दीपको यसअघि एशिया कप खेल्न जाने या नजाने टुङ्गो लागेको थिएन ।

हिजो जिल्ला अदालत काठमाडौंमा उनी विरुद्धको मुद्दाको पेशी हेर्न नभ्याईनेमा राखेपछि र अर्को पेशी भदौ २१ गतेलाई तोकेपछि उनी आज गएका हुन् । आज विहानसाढे ११ बजे कतार एरलाइन्सबाट दोहा हुँदै गएका सन्दीप पाकिस्तानको मुल्तान पुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

भदौ १३ गतेबाट सुरु हुने एशिया कपमा नेपालले उद्घाटन खेलमै पाकिस्तानसँग उसैको भूमि मुल्तानमा खेल्नेछ । यसपछि उतैबाट श्रीलंका पुगेर नेपालले भदौ १८ गते भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ ।

नेपाल, पाकिस्तान र भारत समूह ए मा छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!