राप्रपा बेलायतको अध्यक्षमा रोशन सापकोटा सर्वसम्मत चयन

SHARE:

लण्डन २ सेप्टेम्बर २०२३ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सम्बद्ध प्रवासी नेपाली एकता समाज पानस को बेलायत अध्यक्षमा रोशन सापकोटा सर्वसम्मत चयन भएका छन् ।

अगस्ट २९ मा सम्पन्न बैठकले समाज पुनर्गठन गरि नयाँ नेतृत्व चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा सोनाम शेर्पा र शर्मिला लामा, महासचिवमा रमेश शाही ठकुरी, सचिवमा गीता गिरी, संगठन विभागमा डा.डेविड थापा र भूपाल कार्की, प्राविधिकतर्फ राकेश शाह छन् ।

यसैगरी कार्यसमितिको सदस्यमा रामप्रवेश यादव, मिठूलाल बिक, सुरेन्द्र बम, शैलेस श्रेष्ठ, दिपक खड्का, कुमार गुरुङ र सुरज श्रेष्ठ चुनिएका छन् । भेलाले राप्रपा केन्द्रीय सदस्य एस।के।श्रेष्ठ, वरिष्ठ गायिका मिरा राणा, नन्द कुमारी गुरुङ र प्रेमबहादुर गुरुङलाई सल्लाहकार चयन गरेको नवनिर्वाचित अध्यक्ष सापकोटाले जानकारी दिए ।

नयाँ पुस्तालाई जिम्मेवारी दिने आफ्नो चाहना भएपनि केन्द्रको आग्रहमा आफूले नयाँ पुस्तालाई समेटेर कार्यसमिति गठन गरेको सापकोटाले बताए । नेपालको परिवेश अनुरुप परम्परागत धर्म संस्कृति र परम्परालाई नयाँ पुस्तामा निरन्तरता दिंदै नेपाललाई सनातन राष्ट्रको रुपमा स्थापित गर्ने उद्देश्यले अघि बढ्ने उनले बताए ।

आफ्नो पार्टीप्रति कुनै नकारात्मक धारणा भए त्यसको अन्त गर्दै बेलायतको कन्जरभेटिभ पार्टीसंग पनि छलफल र आवश्यक सहकार्य गर्ने लक्ष्य रहेको सापकोटाले बताए । पार्टीको रणनीति अनुरुप चांडै नै भावी कार्यक्रम तय गरिने अध्यक्ष सापकोटाले जानकारी दिए ।

पछिल्लो समय राप्रपाले प्रवास संगठन विस्तार गर्ने आक्रामक नीति लिएको र केही देशमा अधिवेशन सम्पन्न भइसकेको, केही अधिवेशन हुने क्रममा रहेको प्रवास विभागले जनाएको छ ।

सोही अनुरुप युएई र साउदी अरबमा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा अधिवेशन सम्पन्न भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!