काठमाडौं २ सेप्टेम्बर २०२३ ।

नेपाली नायीका निरुता सिंहले बिहे गरेकी छिन् । उनले आफूले बिहे गरेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।
उनले आफूले मुम्बई निवासी सञ्जीव गुलाटीसँग विवाह गरेको फेसबुकमार्फत जानकारी दिएकी छन् । आफूलाई विवाह कहिले गर्ने भन्ने धेरै प्रश्न आएको भन्दै उनले गत बिहीबार अर्थात ३१ अगस्टमा विवाह गरेको बताएकी छन् ।
निरुताले आफूलाई माया गरेर आफूले अभिनय गरेका चलचित्रलाई सफल बनाइदिएकामा दर्कहरुलाई धन्यवाद पनि दिएकी छन् ।
उनले आफूलाई माया गर्ने दर्शकहरूलाई धन्यवाद दिँदै छिट्टै नेपाल आउनेसमेत बताएकी छिन् ।







