नेपालमा सुन तस्करी प्रकरण: थप एक जना पक्राउ, पक्राउ पर्नेको संख्या २७ पुग्यो

SHARE:

काठमाडौं ४ सेप्टेम्बर २०२३ ।

नेपाल प्रहरीले त्रिभुवन विमानस्थल भन्सारबाट गत ३ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रुपन्देहीका सुमन खरेललाई सुन तस्करी प्रकरणमा पक्राउ गरेको हो । खरेललाई नेपाल–भारत सीमाबाट पक्राउ गरेर प्रहरीले काठमाडौं ल्याउने तयारी थालेको बुझिएको छ ।

खरेलसहित ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । सुरुमा राजस्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्नको छानबिन गरे पनि सरकारले गत २१ साउन सीआईबीलाई जिम्मा दिएको थियो ।

त्यसपछि सीआईबीले इन्टरपोलको सहयोगमा विभिन्न देशमा पुगेर तस्करी सुनको सूचना बटुलिरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!