बीसीसी यूकेमा कालु रिन्पोछेद्वारा धार्मिक प्रवचन 

SHARE:

Kumar SK Gurung

बीसीसी यूकेमा कालु रिन्पोछेद्वारा धार्मिक प्रवचन 

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके अल्डरसटमा श्रद्धेय हिज इमिनेन्स क्याब्जे कालु रिन्पोछे धार्मिक प्रवचन दिएका छन् । गत आइतबार १० सेप्टेम्बरका दिन हिज इमिनेन्स कालु रिन्पोछेले निगुमा (डाकिनी) साधनाको प्रवचन र शोधन योगा अभ्यास गराए । साथै, उनले उपस्थित भक्तजनहरुलाई दीर्घायु अभिषेक समेत प्रदान गरे । उनले अंग्रेजीमा दिएको प्रवचनलाई बीसीसी युकेका खेन्पो फुर्तेम्बाले नेपालीमा अनुवाद गरेका थिए । 

भारतको दार्जिलिङ्गमा दोश्रो कालु रिन्पोछेका रुपमा जन्मिएका हिज इमिनेन्स गुरु निगुमा योगाका गुरु हुन । उनले आफ्नो पूर्ववर्तीले सुरु गरेको मोनलाम शाङ्पाको परम्परा अर्थात् ज्ञानलाई सिकाउन यूरोप, अमेरिका, एशियाका विभिन्न देशमा ध्यान केन्द्र स्थापना गरेका छन् । आपूmसंग भएको सोही ज्ञान सिकाउने क्रममा बीसीसी युके अल्डरसटमा उनी दोस्रो पटक आएका हुन् ।  

बौद्ध धर्ममा आस्थावान भक्तजनहरुको बाक्लो उपस्थिति रहेको बीसीसी युकेको तर्फबाट अध्यक्ष हर्क बहादुर गुरुङ र बीसीसी युके आमाहरुको तर्फबाट आमा प्रमुख उर्मिला गुरुङलगायत पदाधिकारी एवं सदस्यहरुले श्रद्धेय रिन्पोछेप्रति मण्डला अर्पण गरेका थिए ।

सो अवसरमा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले श्रेद्धय रिन्पोछे गुरुको स्वागत गर्दै बीसीसी युकेले हाल सम्म गर्दै आएको धार्मिक, सामाजिक र परोपकारी कार्य बारे जानकारी दिए । साथै, उनले बीसीसी युकेको आगामी परियोजनाहरु बारे जानकारी गराउँदै सो परियोजनामा सहयोग गर्न भक्तजनहरुलाई अनुरोध गरे । 

बीसीसी यूकेका वरिष्ठ उपाध्यक्ष आङ दावा शेर्पाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बीसीसी युकेका खेन्पो कर्म छुल्त्रिम, खेन्पो फुर्तेम्बालगायत धर्म गुरुहरुको बिशेष उपस्थिति रहेको थियो । त्यस्तै, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष धर्म तामाङ्ग, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, निवर्तमान आमा प्रमुख पुष्पा गुरुङलगायत कार्यसमितिका पदाधिकारी, आमाहरु, भक्तजनहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमको अन्त्यमा बीसीसी युकेका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ दावा शेर्पाले कार्यक्रम सफल बनाइदिएकोमा हिज इमिनेन्स कालु रिन्पोछेलगायत, कार्यसमिति, आमाहरु, पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, भक्तजनहरुलगायत सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए । 

बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष क्याप्टेन देब घलेले रिन्पोछेको छोटो परिचय दिएका थिए भने महासचिव मेजर हितमान गुरुङले औपचारिक कार्यक्रम संचालन  गरेका थिए । 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!