नेपाल सरकारले दियो सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

SHARE:

काठमाडौं १२ सेप्टेम्बर २०२३ ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदा दिएको छ ।

मंगलबार गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी बिहीबार शोक बिदा हुने जानकारी दिएका हुन् । नेम्वाङको अन्तिम संस्कार बिहीबार बिहान ११ बजे हुने भएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पनि अन्तिम संस्कार गर्ने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यसअनुसार नै गृहले सार्वजनिक बिदाको विज्ञप्ति जारी गरेको हो ।

यस्तै त्यस दिन राष्ट्रिय झन्डा आधा झुकाइने पनि प्रवक्ता शर्माले जानकारी दिए । बिहीबार देशभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने भएको हो ।

प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको हो । उनको पार्थिव शरीरलाई मंगलबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । पार्टी कार्यालयमा भोलि दिउँसो १ बजेसम्म राखिनेछ ।

त्यसपछि बालुवाटारस्थित निवासमा लगिने छ । बिहीबारमात्रै उनको अन्तिम संस्कार गर्न लागेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!