
१२ सेप्टेम्बर २०२३, बेलायत । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा म्याग्दीका सांसद खम बहादुर (खमबिर) गर्बुजा बेलायतबाट नेपाल फर्केका छन् । उनलाई बिदाइ गर्न उनका घरपरिवारका सदस्यहरु र शुभचिन्तकहरुले बेलायतको हिथ्रो विमानस्थल टर्मिनल फोरमा उपस्थित भएका थिए ।
सांसद गर्बुजाको यस भ्रमण बिशुद्ध पारिवारिक भ्रमण भएतापनि उनि बेलायतमा रहदा एन आर एन युके, नेपाली मेला, नेपाली जनसम्पर्क समिति बेलायत, भुतपुर्बक गोर्खा, मोना युके, मगर संघ युके, दग्नाम दर्मिजा समाज युके, राऊघाट खोला सेरोफेरो युके, चिम्खोले समाज युके, बेगखोला कल्याणकारी समाज युकेलगायत बिभिन्न संघ संस्थाहरुको कार्यक्रमहरुमा सहभागिता जनाएका थिए ।
बेलायतमा स्थापित उक्त बिभिन्न संघ संस्थाहरुले सांसद गर्बुजालाई स्वागत, बधाई तथा सम्मान गरेका थिए भने सांसद गर्बुजाका परिवारले प्रतिनिधि सभाको निर्वाचनमा आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्ने सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवादसहित रात्रिभोजको बन्दबस्त गरेका थिए।
सांसद गर्बुजाले भुतपुर्बक गोर्खाहरुको बंसजको नागरिकता निरन्तरता, पेन्सन र सेवा सुबिदाको बारेमा नेपाल सरकारसंग वार्ता गर्ने बताएका छन।
स्मरण रहोस, खम बहादुर (खमबिर) गर्बुजाको आर्मी नम्बर २११६६३६२ हो। उनि २/२ गोर्खा राईफल्समा कार्यरत थिए। उनि ब्रिटिश आर्मीको कर्पोरल पदमा रिटायर्ड भएका हुन्। उनि २/२ गोर्खा राईफल्समा कार्यरत हुदा २/२ गोर्खा राईफल्सको प्रतिनिधित्व गर्दै बिजले सुटिङ टिमका आबद्ध थिए। कर्पोरल गर्बुजा २/२ गोर्खा राइफल्सका भलिबल, बास्केटबल बटालियन टिमका खेलाडी थिए भने फुटबल नेपाल कपका गोल्ड किपर थिए।
सांसद गर्बुजाको सपरिवार बेलायतमा रहेपनि उनि लामो समयदेखि नेपाली राजनीतिकमा सेवारत छन। उनले लामो समय नेपाली कांग्रेस म्याग्दीको जिल्ला सभापतिको कार्यभार सम्हाल्दै आएका छन । हालमा प्रतक्षतर्फबाट म्याग्दी जिल्लाको प्रतिनिधि सभाको सांसदमा सेवारत छन।






