बेलायतमा नेपाल चलचित्र निर्देशक समाजको कमिटी गठन

SHARE:

 लण्डन १४ सेप्टेम्बर २०२३ ।

नेपाल चलचित्र निर्देशक समाजको बेलायत  च्यापटर कमिटी गठन भएको छ । नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली र महासचिव अरुणकुमार प्रधानको उपस्थितिमा निर्देशक सनमकुमार बैरागी संयोजकत्वमा बेलायत च्यापटर गरिएको हो ।

बेलायत भरी कर्म थलो बनाएर रहेका नेपाली चलचित्र निर्देशकहरुलाइ एउटै छाता मुनि ल्याउन र नेपालमा आएर चलचित्रसम्बन्धि काम गर्दा सहज वातावरण बनाउने उदेश्यले यो च्याप्टर गठन गरिएको निर्देशक जनकदीप पराजुलीले बताए ।

च्यापटरको उपसंयोजक प्रदीप शाही रहेका छन् । इनास युके चलचित्र प्रबद्र्धन समिति तथा संयोजक मनिष श्रेष्ठको आयोजना रहेको कार्यक्रममा कलाकार संघ युकेको सह सचिव तथा नायिका सृजना निङ्लेखु, चलचित्र निर्माता पशुराम राई, निर्देशक आर्यम नकर्मी, सविन श्रेष्ठ, दिपेश सिलवाल, आषिश श्रेष्ठ, प्रकाश श्रेष्ठ, अनिता ताम्राकार, राजेन्द्र खस लगायत इनास युकेका अध्यक्ष बिनोद चिपालु लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!