बीसीसी यूकेद्वारा रिन्पोछे र खेन्पोको बिदाई

SHARE:

लण्डन २६ सेप्टेम्बर २०२३ ।

बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले लामा लुङ्गरिग रिन्पोछे र खेन्पो फुर्तेम्बा शेर्पाको बिदाई गरेको छ ।

गत शुक्रबार २२ सेप्टेम्बरका दिन बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत कार्यसमिति, सल्लाहकार, ट्रष्टीज र भक्तजनहरुले खादा लगाई बिदाई गरेको हो ।

केही महिनादेखि गुम्बामा रहेर बौद्ध परम्परानुसार विभिन्न कर्मकाण्डहरु गर्ने, धार्मिक प्रवचन दिने, साम्बोटा लिपी पढाउने, शील दिने, विभिन्न पूजापाठहरु गर्ने साथसाथै बुद्धका विभिन्न ग्रन्थ तथा सुत्रहरु पढाउदै आएका रिन्पोछे र खेन्पोलाई बिदाई गरिएको हो ।

करिब २ महिना गुम्बामा रहेका रिन्पोछे अमेरीका जादैछन् भने करिब ६ महिना गुम्बामा रहेका खेन्पो काठमाण्डौंस्थित सेचेन गुम्बामा फर्किन लागेका हुन् । बीसीसी यूकेका भक्तजनहरुको बाक्लो उपस्थिति रहेको बिदाई कार्यक्रममा रिन्पोछे लुङ्गरिग र खेन्पो फुर्तेम्बाले बीसीसी यूकेले गर्दै आएको विभिन्न सामाजिक एवं धार्मिक कार्यहरुको प्रसंशा गर्दै आफुहरुलाई सेवा गर्ने अवसर दिएकोमा धन्यवाद दिए ।

त्यस्तै, बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङले गुरुहरुले गुम्बाको अनुरोधलाई स्वीकार गरी गुम्बाको सेवा गरेकोमा धन्यवाद दिएका थिए । सो अवसरमा बीसीसी अध्यक्ष हर्क बहादुर गुरुङ र आमा प्रमुख उर्मिला गुरुङले गुरुहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

उक्त बिदाई कार्यक्रममा बीसीसी यूकेका लामा गुरु खेन्पो कर्म छुल्त्रिम, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ, पूर्व अध्यक्ष धर्म तामाङ्ग, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, वरिष्ठ उपाध्यक्ष आङ्गदावा शेर्पा, सचिव रिन्जी शेर्पा, आमा उपाध्यक्ष जगना गुरुङ, आमा सचिव शारदा गुरुङलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!