चीन भ्रमण आशा गरेभन्दा धेरै सफल भयोः प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं २७ सेप्टेम्बर २०२३ ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको दाबी गरेका छन् ।

तिब्बतको ल्हासास्थित नेपाली महाबाणिज्यदूताबासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्रराष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको बताएका हुन् ।

राष्ट्रिपति सि चिनफिङ, चीनका प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरु गर्नुले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको पुष्टि भएको प्रधानमन्त्रीको भनाइ छ । भ्रमणका क्रममा नेपाल र चीनबीचका विगतमा बन्द भएका सबै नाका संचालन गर्ने, परम्परादेखि पासका रुपमा चल्दै आएका साना साना नाकाहरु पनि सबै संचालन गर्ने सहमति भएको प्रधानमन्त्रीले जानकारी दिए ।

विगतमा संचालन भएका प्राय सबै नाकाहरु खुलिसकेका र बाँकी रहेका साना ठूला सबै नाकाहरु छिट्टै खुल्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीचका सबै नाकाहरु खुलेपछि नेपाल चीनको व्यापार व्यवशायका क्षेत्रमा नयाँ फड्को मार्ने उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले अघिल्लो पटक आफूले ल्हासाको भ्रमण गर्दा नेपाली महाबाणिज्यदूताबासको भवन पुरानो रहेकोमा अहिले नयाँ भवन बनेको देखेर खुसी लागेको भन्दै नयाँ भवनको उपयोग गर्दै नयाँ उत्साहका साथ काम गर्न महाबाणिज्यदूत र दूताबासका सबै कर्मचारीलाई निर्देशन दिए ।

उनले नेपाल चीनबीच भएका सहमति तथा सम्झौताहरु कार्यान्ययनका लागि सकृय रहन महाबाणिज्यदूत ढकाललाई विशेष निर्देशन दिए । कार्यक्रममा ल्हासाका लागि नेपाली महाबाणिज्यदूत नवराज ढकालले नेपाल चीन सम्बन्धमा ल्हासाको भुमिका र महत्व, महाबाणिज्य दूताबासले गरिरहेको काम तथा अब गर्नुपर्ने महत्वपूर्ण कामहरु र भोगिरहेको समस्या लगाएतका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!