
लन्डन २८ सेप्टेम्बर २०२३ । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता गुरु घिमिरेलाई भूपू गोर्खाज्को समस्या केन्द्रसम्म पुर्याउन बीजीनेसाले आग्रह गरेको छ ।
मंगलबार २६ सेप्टेम्बर २०२३ मा प्लमस्टिड साउथ इष्ट लन्डनमा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा रुपान्तरण अभियन्ता घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बीजीनेसाले भूपू गोर्खाज्को समस्या बारेमा जानकारी गराउँदै केन्द्रसम्म पुर्याउन आग्रह गरेको हो ।
बीजीनेसाका अध्यक्ष केशबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा खुमबहादुर गुरुङ, पदमबहादुर थापा, लीलादेवी गुरुङले समसामयिक विषयहरु राखी समाधानको बाटो खोज्न केन्द्रसम्म पुर्याउन नेता घिमिरेसँग माग गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता घिमिरेले नेपाल गोर्खाज्हरुको भूमिका, उनीहरुको इतिहासको पन्ना पल्टाउँदै वीर गोर्खाज् अन्याय परेको र सरकारले समाधानको बाटो खोज्नै पर्नेमा जोड दिँदै कार्यक्रममा उठेका विषय केन्द्र राख्ने प्रतिबद्धता जनाए ।
बिजीनेसाका सचिव हरिकुमार मल्लले सञ्चालन गरेको कार्यक्रमको अन्तमा अध्यक्ष केसबहादुर गुरुङले गोर्खा मुद्दाबारे बेलायत र नेपाल सरकारस्तरीय वार्ता भइरहेकोमा खुसी व्यक्त गरे । लगत्तै उनले कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।






