काठमाडौं २८ सेप्टेम्बर २०२३ ।

नेपालमा डेंगु संक्रमणबाट यस वर्ष २० जनाको मृत्यु भएको छ ।
गत जेठदेखि आजसम्म डेंगु संक्रमणका कारण २० जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । देशभर अहिलेसम्म ३२ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको छ ।
डेंगु ७६ जिल्लामा फैलिएको छ । सुनसरी, झापा, धादिङ, मोरङ, तनहुँ, काठमाडौं र कास्की गरी ७ जिल्लामा ५ सयभन्दा बढी व्यक्तिमा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
पछिल्लो विवरण अनुसार सबैभन्दा बढी सुनसरीमा १६ हजार ३६ जना ९जम्मा संक्रमितमध्ये ४८।७ प्रतिशत०, झापामा ३ हजार ५३८ ९१०।८ प्रतिशत०, धादिङमा ३ हजार ५०, मोरङमा २२ सय ६६ जनामा संक्रमण भेटिएको छ । यस्तै तनहुँमा १८ सय ९८, काठमाडौंमा ६४५, कास्कीमा ५८५, संखुवासभामा ४४७, धनकुटामा ४३२ र कैलालीमा ४११ जना डेंगुबाट विरामी भएका छन् ।
प्रदेशगत आधारमा कोशी प्रदेशमा ७१ दशमलव १ प्रतिशत डेंगुका विरामी छन् भने बागमतीमा १३ दशमलव ८ र गण्डकीमा ८ दशमलव ७ प्रतिशत डेंगु संक्रमण पाइएको छ । यस वर्ष हुम्लामा भने हालसम्म डेंगुको संक्रमित भेटिएको छैन ।






