अमेरिका र चीनको भ्रमण पुरा गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

SHARE:

काठमाडौं ३० सेप्टेम्बर २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।

गत भदौं ३० गते संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीन भ्रमण सकेर आज ९शनिबार० स्वदेश फिर्ता भएका हुन् । उनी आज चीनको छेन्दु विमानस्थलबाट स्वदेशका लागि उडेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरे ।

प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामी अर्पण गरेको थियो । संयुक्त राष्ट्र संघको कार्यक्रमलाई सम्बोधन गरेर असोज ६ गते चीन प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्डले सोही दिन हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका थिए । उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो । एक साताको औपचारिक भ्रमणका लागि अमेरिकाबाट सिधै चीन पुगेका प्रधानमन्त्री प्रचण्डले तिब्बतस्थित मानसरोवर र कैलास पर्बत लगायत स्थानको अवलोक भ्रमण गरेका थिए ।

उनको भ्रमण दलमा छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नाराणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा.वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवहरू, निजी क्षेत्रका तर्फबाट छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य व्यवसायी तथा सदस्यहरू रहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!