नेपालमा १० हजार किशोरीलाई लगाइयो पाठेघरको क्यान्सरविरुद्धको खोप

SHARE:

काठमाडौं २ अक्टुबर २०२३ ।

नेपालमा १० हजार किशोरीले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ २७ गतेदेखि सञ्चालन गरेको खोप अभियानअन्तर्गत ती किशोरीले खोप लगाएका हुन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले लक्ष्यअनुसार किशोरीहरुले एचपीभी खोप लगाएको बताए ।

अभियानको सुरुमा विभिन्न अवरोधका कारण खोप लगाउन नपाएपछि समय थप गरी लक्ष्यअनुसार सबै किशोरीले खोप लगाएको उनको भनाइ छ । भदौ ३० गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गर्ने भनिए पनि लगातार सार्वजनिक बिदा परेपछि असोज १० गतेसम्म अभियान सञ्चालन गरिएको थियो ।

सरकारले यही भदौ २७ गतेदेखि मधेस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खोप अभियान सञ्चालन गरेको थियो । साथै लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट पनि खोप अभियान सञ्चालन गरिएको थियो ।

अभियान अन्तर्गत १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपीभी खोप लगाइएको हो । खोपको दोस्रो मात्रा आगामी माघमा सञ्चालन गरिने शाखा प्रमुख डा गौतमले जानकारी दिए । सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार डोज खोप खरिद गरेको थियो ।

एचपीभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ । यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रुपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!