नेपाली लघु चलचित्र ‘द नोटबुक’ ले पायो ‘डिप्‍लोमा’ पुरस्कार

SHARE:

काठमाडौं ८ अक्टुबर २०२३ ।

कलाकार सरिता साहको निर्देशनमा तयार पारिएको लघु चलचित्र ‘द नोटबुक’ ले ‘डिप्‍लोमा’ पुरस्कार प्राप्त गरेको छ ।

रसियामा आयोजित ‘१०औँ जिरो प्‍लस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा सो चलचित्र छनौट भएको थियो । विश्वभरिका ४० वटा देशहरूबाट १६९ वटा चलचित्रहरुमध्ये ‘द नोटबुक’ ले सो सम्मान र पुरस्कार प्राप्त गरेको निर्देशक सरिता साहले बताइन् । सो कार्यक्रममा सरिता साह आफै सहभागी भएर पुरस्कार र सम्मान ग्रहण गरेकी हुन् ।

उनले तराई मधेसको ग्रामीण क्षेत्रमा चेलीबेटीलाई दिइने शिक्षाको बारेमा नौ मिनेटको चलचित्र निर्माण गरेकी थिइन् । त्यसमा सरिता साहले स्वयं पनि अभिनय गरेकी छिन् । ‘१० औँ जिरो प्‍लस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ मा नेपालबाट सरिता साहद्वारा निर्देशित र अनिल कुर्मीद्वारा लिखित लघु चलचित्र ‘द नोटबुक’ पनि ‘शर्ट लाइभ एक्सन फिल्म्स श्रेणीमा प्रतिस्पर्धामा छनौट भएको थियो ।

२०७९ सालको वैशाख महिनामा निर्माण सम्पन्न भएको लघु चलचित्र ‘द नोटकबुक’ लाई रोयल नर्वेजियन एम्बेसीको आर्थिक सहयोगमा आसमान नेपालले निर्माण गरेको हो भने प्रस्तुति सरिता फाउण्‍डेशनको रहेको छ । यस चलचित्रको छायाँङ्‍न धनुषा जिल्लाको बटेश्‍वरमा गरिएको हो ।

चलचित्रमा प्रमुख भूमिकामा साधना आलोक रहेकी छिन् भने सुजिता साह, प्रदीप महतो, राम नरायण ठाकुर, राजेश सक्सेना, मञ्जु महतो, विनोद सिंह, नबिन महतो, राजु सिंह, नन्दिनी कुमारी पंडित, कविता महतो, अस्मिता कुमारी महतो, आदित्य मिश्रालगायतकाले अभिनय गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!