इजरायलको किवुज अलुमिममा हमास समूहको आक्रमणमा १० जना नेपालीको निधन

SHARE:


लन्डन ८ अक्टोबर २०२३ । दक्षिण इजरायलको किवुज अलुमिममा प्यालेस्टाइनको हमास समूहको आक्रमणमा १० जना नेपालीको निधन भएको छ ।

इजरायलस्थित नेपाली राजदूतावासले आइतबार विज्ञप्ति जारी गर्दै हमास समूहको आक्रमणबाट १० नेपालीको निधन भएको र अन्य ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिएको हो । दूतावासका अनुसार १ जना नेपाली सम्पर्कविहीन रहेकोले खोजी जारी रहेको बताएको छ ।

ती नेपालीको शव नेपाल फिर्ता पठाउने प्रक्रियाका लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले नेपाल फर्कन इच्छुक हुने नेपालीहरुको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनको लागि अनलाइन रजिस्ट्रेसनको व्यवस्था गरिएको पनि जनाएको छ ।

साथै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई संयमता अपनाइ दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

नेपालीहरुको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिष्ट्रेशनसम्बन्धी जरूरी सूचना:
ईजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा/त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम शुरु गरेको छ। यस प्रक्रियामा सहभागी हुन ईच्छुक नेपाली नागरिकहरुले तलको लिंकमा क्लिक गरी रजिष्ट्रेशन गर्नुहोलाः
https://forms.gle/415GMXE2bZVEoBcR7

यसैबीच, इजरायल सरकारले शनिबार हमासले गरेको आक्रमणमा परि मारिनेको संख्या ६ सय भन्दा बढी रहेको जनाएको छ । मारिनेमा ४४ इजरायली सैनिक छन् ।

इस्लामिक अतिवादी समूह हमासले शनिबार एकै पटक फरक-फरक स्थानमा योजनाबद्ध आक्रमण गर्दा २ हजारभन्दा बढी घाइते भएको इजरायल सरकारको फेसबुक पेजमा लेखिएको छ । त्यसैगरी १ सयभन्दा बढीलाई बन्धक बनाएको जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!