काठमाडौं ९ अक्टुबर २०२३ ।

इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा भोलि नेपाल सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को विशेष बैठकले आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको सम्झनामा भोलि शोकको घोषणा गरेको हो ।
मन्त्रिपरिषद्को विशेष बैठकले आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाखराहत दिने निर्णय पनि गरेको सरकारी प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
इजरायलमा बसिरहेका अन्य नेपाल फर्किन चाहेमा पनि फर्कन सक्ने गरी व्यवस्था गरिएको उनले बताइन् ।






