नेपाल आइडल सिजन-५ फागुन २५ गतेबाट सुरू हुने

SHARE:

काठमाडौं २८ फेब्रुअरी २०२४ ।

नेपाल आइडल सिजन-५ फागुन २५ गतेबाट सुरू हुने भएको छ ।

बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै आइडलको सम्पूर्ण तयारी भइसकेको र फागुन २५ बाट सुरू हुने आयोजकले जानकारी दिएको हो ।

नेपाल आइडल सिजन-५ मा अघिल्ला सिजनभन्दा विशेष किसिमको हुने आइडलका निर्देशक सुरेश पौडेलले जानकारी दिए । उनकाअनुसार विभिन्न ठाउँबाट १५२ जना प्रतिस्पर्धी आइडलमा सहभागी हुनेछन् । ‘यसपटकको नेपाल आइडल फरक र विशेष किसिमको हुने छ, यो प्लेटफर्म युवा पुस्ताकाबीच अवसर पनि हो, आइडलले नयाँ गायक साथै लुकेका प्रतिभालाई उजागर गर्नमा मदत पुर्याउने छ,’ उनले भने ।

जज राउण्डबाट छानिएका १ सय ५२ जनाले आगामी चरणका लागि प्रतिस्पर्धा गर्नेछन्‌ । यसअघि आइडलमा १२०र १३० जना सहभागी हुँदै आएका थिए । नेपाल आइडल एपी वान टेलिभिजनबाट प्रसारण हुने छ । नेपाल आईडल सिजन पाँचको निर्णायकमा सुरुका तीन संस्करणसम्मका अनुभवी व्यक्तित्वको पुनरागमन भएको छ । पाँचौं संस्करणमा पनि पहिलो, दोश्रो र तेश्रो संस्करणका निर्णायक न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहनेछन् ।

निर्देशक पौडेलले हालसम्म विभिन्न नेपाल आइडलमा १२ हजारको गीत गुञ्जिसकेको बताउँदै सिजन ४ सम्म गाडी, नगद गरेर करिब ४ करोडको पुरस्कार दिइसकेको पनि बताए । उनले नेपाल आइडलका १२० भन्दा बढी एपिसोड प्रसारण भइसकेको पनि बताए ।

यस्तै, नेपाल आइडलका निर्णयक न्ह्यु बज्राचार्यले यस पटकको आइडल उत्कृष्ट हुने बताए । ‘हामीले विभिन्न ठाउँमा पुगेर गायक छनौट गर्दा अनेकौं प्रतिभाहरू भेटिए, त्यसमध्ये पनि उत्कृष्ट गायक छनोट गरेका छौं, उहाँहरूको प्रस्तुति दमदार हुने छ ।’ यो प्लेटफर्म युवाको लागि अवसर हुने उनको भनाई छ ।

झापाको विर्तामोड, महोत्तरीको बर्दिबास, मकवानपुरको हेटौंडा, कैलालीको अत्तरिया, सुर्खेतको विरेन्द्रनगर, दाङको घोराही र कास्कीको पोखरापछि संघीय राजधानी काठमाडौंमा भव्यताका साथ ओपन अडिशन भएको थियो । यससँगै डिजिटल अडिशनबाटसमेत प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।

नेपाल आइडल सिजन १ देखि ४ सम्मका विजेतामा क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाई र भूपेन्द्र थापामगर रहेका छन्‌ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!