
सन्जय सिंजाली मगर – बिगत बर्षहरुमाझै नेपाल मगर संघ बर्दघाट नगर समितिले मगर एकता दिवस फाल्गुन १५ का दिन धुमधामसाथ मनाएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि बिमल सारु मगरले मगर एकता आजको आवश्यकता रहेको बताउनु भयो । बिगत देखि मगर संघ ईतिहास कस्तो थियो? त्यो भनि रहनु परेन सारु’ले भने, । मगर संघ भनेको बिशुद्ध संस्था हो, जहाँ मगरहरु को हितहकका निम्ति २०३९ सालमा फागुन १५ गते संगठित भएर अघि बढेको हो ।
बिगत देखि बर्तामान सम्म आईपुग्दा मगर संघ बिशुद्ध स्वार्थरहित हुनुपर्नेमा राजनितिक भागबण्डा तथा स्वार्थ अनुरुप चलेको बताउनु भयो । हामीले संस्थालाई बिशुद्ध बनाई राख्न सबै पार्टीका प्रतिनिधिहरु एकतामा बाधिन बिकल्प नरहेको जिकिर गरे ।
त्यस्तै आदिबासी जनजाति महासंघ बर्दघाट नगरका अध्यक्ष तारा राना मगरले मगर समुदायको राष्ट्रिय एकता दिवसलाई सम्बोधन गर्नु भएको थियो । उक्त सम्बोधनमा सबै जातजाति हाम्रो दृष्टीमा सम्मान रहेको बताउनु भयो । शिक्षा, भाषा र धर्म को सवालमा नेतृत्वकर्ताहरुले नबुझेका वा बुझ्न नचाहेको भन्ने दुबिधा उत्पन्न भएको छ । अबका दिन मगरहरु खानपान गरेर मात्र नहुन बताए, आफ्नो हकअधिकार सुनश्चित गर्नप्रति संबेदनाशिल भएर अघि बढ्न आग्रह गर्नु भयो ।
लोकसेवामा सातौ पटकसम्म नाम निकाल्न सफल रहनु भएको साथै बर्दघाट नगरपालिकाको कार्यलयमा सहायक पाँचौ तहमा कार्यरत कर्मचारी रोल्पा निवासी खुसि बुढा मगरलाई यसै कार्यक्रमका प्रमुख अतिथि बिमाल सारु मगरले सम्मान पत्र हस्तान्तरण गर्नु गरेका थिए ।
यस बर्ष पनि राष्ट्रिय चर्चित कलाकारहरुले बेजोड सांगीतिक प्रस्तुति दिएका थिए । सांगीतिक प्रस्तुति दिने कलाकारहरु गायक सन्जय बुढाथोकी मगर, गायिका प्रति आले मगर र गायक सुरेश अन्जा थिए ।
साथै कार्यक्रम संघका अध्यक्ष टेक बहादुर बुढाथोकी मगर को सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव संरस्वती राना मगर र सदस्य महेन्द्र घर्ती मगरले गरेका थिए ।






