शालिनलाई न्याय दिलाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं २ मार्च २०२४ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको एक विद्यालयको छात्रावासमा मृत्यु भएकी १४ वर्षीया छात्रा शालिन पोखरेललाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।

उनले शनिवार साँझ सामाजिक सञ्जालमार्फत यस्तो प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन आफूले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको पनि जानकारी गराएका छन् ।

‘चितवनको एकता शिशु निकेतन स्कूलको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीया बालिका शालिन पोखरेलको मृत्युले मलाई गम्भीर र दुःखी तुल्याएको छ,’ उनले फेसबूकमा लेखेका छन्, ‘घटनाको गहन छानबिन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु । घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ ।’

चितवनको रत्ननगर नगरपालिका– १० स्थित शिशु निकेतन बोर्डिङ स्कूलकी १४ वर्षीया छात्रा शालिन फागुन १२ गते शनिवार होस्टलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनको परिवारले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गर्दै आएको छ ।

प्रहरीले विद्यालयका प्रधानाध्यापकसहित तीन जनालाई पक्राउसमेत गरिसकेको छ । यसअघि जिल्ला प्रहरी कार्यालय, चितवनले उक्त घटनाको सूचना आउनासाथ प्रहरीले सिनियर अनुसन्धान अधिकृत खटाइ सूक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!