नेपाली बजारमा सुनको मुल्य अहिलेसम्म्कै उच्च, तोलामा १ लाख २३ हजार कट्यो

SHARE:

काठमाडौं ६ मार्च २०२४ ।

नेपाली बजारमा सुनको मुल्य आज अहिलेसम्मकै उच्च भएको छ ।

हिजोको रेकर्ड तोडेर आज नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख २३ हजार ५ सय रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मकै उच्च भाउ हो ।

यसअघि हिजो सुन तोलाको एक लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तोलामा ५ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै नेपालमा पनि बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ भने आज घटेको छ । हिजो तोलामा एक हजार चार सय ४५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले घटेर एक हजार चार सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!