कारबम आक्रमणमा पाँच प्रहरीसहित एघारको मृत्यु

SHARE:

रमादी, इराक । पश्चिमी इराकको अल क्वाम नगरमा बुधबार एक व्यक्तिले आत्मघाती बम जडान गरेको कार प्रहरीको गस्तीमा लगेर ठोक्काउँदा भएको विस्फोटमा परी ११ जनाको ज्यान गएको छ ।

उत्तः कारबम हमलामा परी ज्यान जानेमा कम्तीमा पाँच जना प्रहरी परेका बताइएको छ । प्राप्त समाचारअनुसार उत्तः आक्रमण एकजना व्यक्तिले आफ्नो कारमा विस्फोटक पदार्थ राखेर गराएको हो ।

बुधबार भएको सो बम हमलाको कारण पत्ता लाग्न सकेको छैन । साथै आत्मघाती हमलाकारीको पनि सोही विस्फोटमा ज्यान गएकोले थप सूचना प्राप्त भएको छैन ।

उक्त नगर सिरियाको सीमा क्षेत्रबाट नजिक पर्दछ र उक्त सीमा क्षेत्र इराकी राजधानी बग्दादबाट ३४० किलोीमटर टाढा पर्दछ । सो नगर पछिल्लो समयमा आइएस लडाकूबाट इराकी सरकारले फिर्ता गरेको थियो । आइएसका सशस्त्र लडाकूहरुले उक्त नगरलाई पहिला कब्जा गरेर केही महिना आफ्नो नियन्त्रणमा राखेका थिए ।

सोही नगरमा बुधबारै बिहान करिब ९ बजेतिर अर्को बम विस्फोट भएको पनि समाचारमा जनाइएको छ । उक्त विस्फोटमा परी अरु १६ जना सर्वसाधारण घाइते भएका छन् ।

घाइते हुनेमा पाँच जना प्रहरी पनि परेका छन् । यो विस्फोट पनि प्रहरीको गस्ती रहेको स्थानमा लगी गराइएको थियो । यसरी आज सो नगरमा गराइएका यी विस्फोट पूर्व नियोजित रुपमा नै भएका बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!