काठमाडौं ८ मार्च २०२४ ।

‘नेपाल आइडल’को पाँचौं संस्करण आजदेखि प्रसारण हुँदैछ ।
बेलुकी साढे ८ बजे एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आइडलको पहिलो एपिसोडमा विर्तामोड अडिसन प्रस्तुत गरिने कार्यक्रम निर्माताले जनाएका छन् ।
सात प्रदेशका आठ सहरमा अडिसन गरिएको थियो । निर्देशक सुरेश पौडेलले यो शोले दर्शकलाई मनोरञ्जन दिने र प्रतिभावान् गायक(गायिकाको खोजी गर्ने बताए ।
पाँचौं संस्करणमा पनि न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा जजको रुपमा छन् । आसिफ शाह र रीमा विश्वकर्मा प्रस्तोता छन् । कार्यक्रम प्रत्येक साता शुक्रबार र शनिबार बेलुकी साढे ८ देखि १० बजेसम्म प्रसारण हुने जनाइएको छ ।






