प्रधानमन्त्री प्रचण्डले फागुन ३० गतेभित्रै विश्वासको मत लिने

SHARE:

काठमाडों ९ मार्च २०२४ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन ३० गतेभित्रै विश्वासको मत लिने तयारी गरेका छन् ।

यसबारे प्रधानमन्त्री प्रचण्डले शनिबार दिउँसो बसेको पार्टीको संसदीय दलको बैठकमा छलफल गरेका छन् । बैठकमा सहभागी एक सांसदका अनुसार, फागुन ३० भित्रै संसद्बाट प्रधानमन्त्रीले विश्वासको मत लिनेगरी मोटामोटी छलफल भएको छ। सोही अनुसार सांसदहरूलाई केही दिन उपत्यका छाडेर नजान ह्वीप जारी गरिएको हो ।

संसदको आगामी बैठक फागुन ३० गतेका लागि बोलाइएको छ । यद्यपि, घटनाक्रम अनुसार प्रधानमन्त्रीले त्यसअघि नै आवश्यक ठानेको खण्डमा २७र२८ गते नै विश्वासको मत लिनसक्नेबारे पनि प्रधानमन्त्रीले आजको बैठकमा ब्रिफिङ गरेका थिए । पार्टीका प्रमुख सचेक समेत रहेका सांसद हितराज पाण्डेले राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र प्रधानमन्त्रीले विश्वासको मत लिनुअघिसम्म सांसदहरूलाई ह्वीप लगाइएको छ ।

‘विश्वासको मत लिने बेलामा प्रतिनिधिसभाका सदस्यलाई उपस्थिति हुन ह्वीप वा निर्देशन जारी भएको छ,’ पाण्डेले भने, ‘अध्यक्षरउपाध्यक्षको निर्वाचनमा पनि सोही अनुसार उपस्थित हुन ह्वीप जारी गरिएको छ ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!